Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

लोडसेडिङ फेरि बढ्यो (तालिकासहित)

काठमाडौं- नेपाल विद्युत प्राधीकरणले दैनिक तीन घन्टा लोडसेडिङ बढाएको छ। प्राधिकरणले पुस २१ गतेदेखि लागू हुनेगरी साताको ८० घन्टा विद्युत कटौति गर्ने भएको हो। जसअनुसार सातामा तीन दिन १२ घन्टा र बाँकी चार दिन ११ घन्टाका दरले विद्युत आपूर्ति बन्द हुनेछ। यसअघि प्राधिकरणले दैनिक ९ घन्टा विद्युत कटौति गर्दै आएको थियो।

टमाटर खानुहोस रोगहरुबाट बच्नुहोस

हामीले प्रायजसो हरेक तरकारी हरु पकाउदा होस यात खाजा हरु पकाउदा होस त्यसमा टमाटर को प्रयोग गर्ने गर्दछौ । स्वादका लागी मिठो मानेर खाईने टमाटर स्वादका लागी मात्र होईन स्वास्थ्यका लागी पनि निकैनै फाईदाजनक हुने गरेको एक तथ्य बाहिर आएको छ । स्वास्थ्यका लागी पनि अझ महिलाहरुको लागी अती उपयोगी हुने बातईएको छ । दिनहुँ  गोलभेडाको सेवन गर्नाले महिला हरुमा हुने स्तन क्यान्सर को खतरा कम हुने गर्दछ । न्युजर्सी रटगर यूनिवर्सिटीका अनुसार  सधै खानामा गोलभेडाको प्रयोग गर्नाले महिला हरुको शरीरमा उत्पादन हुने हार्मोन्समा सकारात्मक प्रभाब पर्ने भएको कारण यस्ले महिला हरुको स्तन क्यान्सरका साथै मोटोपन र मधुमेह रोग नियन्त्रणमा समेत सहयोग पुग्ने तथ्य बाहीर आएको छ । 

लोडसेडिङ बढ्यो, भोलिदेखि दैनिक ९ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले विद्युत कटौतीको समयावधी पुनः बढाएको छ । प्राधिकरणले भोलि (मंगलाबर) देखि लागू हुने गरी दैनिक ९ घण्टाका दरले सातामा ६३ घण्टा लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो ।यसअघि दैनिक ६ देखि सात घण्टाका दरले सातामा साढें ४६ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो । 

सकिमना पुन्हि

सकिमना पुन्हि - कार्तिक पूर्णिमालाई उपत्यकावासी नेवारहरूले सकिमना पुन्ही को रूपमा मनाउदै आइरहेकाछन । बिशेस गरेर नयाँ निसकने सकरखण्ड र पिँडालु उसिनेर खाने गिरन्छ । आजै कै दिन हिन्दुधर्मावम्लबीहरु नारायण स्थानको सबै मन्दिरमा ठुलो घुइचो लाग्ने गर्दछ । नारायण स्थान मेला भर्न देशका बिभिन्न स्थानहरुबाट मानिसहरुको घुइचो लाग्ने गर्दछ । यस दिन राती देबदेबालायहरूमा ,पौवा ,पाटिहरूमा दफा ,खी*,तबला .......... भजन खलकहरु बाजागाजा बजाई रोचक र रोमासपुर्ण जात्रा गरिन्छ ,चार महिना लामो भजनकृतन आज देखि सकिन्दैछ, आज भजन सकिएपछि टोल वासीले राख्न ल्याएको सकरखण्ड र पिँडालुको साथसाथै भुटेका गेडागुडीहरू र फलफूलहरू बाट नारायणको मुर्ति बनाइन्छ । जसलाई स्थानिय भाषामा हलि :मल (हलिंबलिं )भनिन्छ । यसै खुशियालिमा प्रत्येक वर्ष हरिबोधनि एकादशीका दिन देखि पुन्ही सम्म सुकुलमा बिभिन्न खाद्यय वस्तुले नारायणको मुर्ति कोरि जात्रा मनाउने परम्परा रहँदै आइरहेको छ । र पछि प्रसाद स्वरूप सबै लाई बांडीचुड़ी गरि खाने चलन छ ।
 
 आउनुस् राम्रो सँग सकिमना पुन्ही मनाउ................................................

Now Upgrade to 3G absolutely free...

Now Upgrade to 3G absolutely free...
FOR Both PREPAID AND POSTPAID users.
TYPE 3G AND SEND IT TO 1400

After sending the message you will get the following message.
Thank you for subscribing 3G service. You will be connected by 5 PM next working day:Nepal Telecom

आज लक्ष्मीपूजा, देवी लक्ष्मीको पूजा आराधना गरिदैं, साँझमा भैलो खेलिने

काठमाडौं, कार्तिक १७ । यमपञ्चकको तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ ।

आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।

लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ । आज साँझ किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेल्छन् । यसरी भैलो माग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ ।

आजै गाई तिहार पनि भएकोले घरघरमा लक्ष्मीको प्रतीक मानिने गाईको पूजा गरिदैछ । गाईको गोबर र गहुँतलाई धार्मिक हिसाबले पनि पवित्र मानिन्छ । जनै पूर्णिमामा लगाएको डोरो आजको दिन गाईको पुच्छरमा बाँधे सजिलै बैतरिणी तर्न सकिने विश्वास पनि छ । शहरमा गाई पाल्नेहरु निकै कम भएकोले मनिसहरु गाईको गोठ खोजी खोजी पूजा गर्छन् ।