

       
                                    
        
 टेलिभिजन च्यानल एमटिभीको रियालिटी शो 'जसी शोर' की स्टार तथा नायिका 
निकोल स्नूकीका केही नग्न तस्बिर इन्टरनेटबाट लिक भएका  छन्। स्नूकीका 
प्रतिनिधिले उक्त घटना लज्जाजनक भएको बताएका छन्। मोबाइल फोनबाट खिचिएको २४
 वर्षीया यी नायिकाका तस्बिर दुई  साताअघि डेलीमेल वेबसाइटमा पोस्ट गरिएको 
थियो। अहिले स्नूकी गर्भवती छिन्। ती तस्बिर उनी गर्भवती हुनुअघि नै 
खिचिएको अनुमान  गरिन्छ। स्नूकीका प्रतिनिधि भन्छन्— 'ती निजी तस्बिर 
स्नूकीकै हुन्। कसैले आफ्नो फाइदाका लागि ती तस्बिर लिक गरिदिएका हुन्।' 
स्नूकीले  अहिलेसम्म यो विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन्। यसअघि सन् 
२०१० को अपि्रल महिनामा पनि स्नूकीका केही नग्न तस्बिर वे बसाइटमार्फत 
सार्वजनिक भएका थिए।
 
0 comments:
Post a Comment