आज कुसे औँशी अर्थात 
बाबुको मुख हेर्ने दिन । हिन्दु धर्माबलम्बीहरुले भाद्रकृष्ण औँसीका दिन 
अत्यन्त महत्वका साथ यो पर्व मनाउने गर्दछन् । आज बाबुआमा भएका 
छोराछोरीहरुले बाबुलाई मिठाइँ, फलफूल, नयाँ लुगा लगायतका सामानहरु दिएर 
सम्मान गरि आशीर्वाद लिने गर्दछन् ।
      बाबु नभएका अर्थात बाबु दिवंगत भएका 
छोराछोरीहरुले तीर्थस्थलमा गई पुरेतलाई दान दक्षिणा गरेर यो पर्व मनाउने 
गर्दछन् ।  यो पर्वमा नेवार समुदायमा छोराछोरीहरुले बाबुलाई रातो टीका लगाई
 पूजाआजाका साथ हाँस वा कुखुराको अन्डा, माछा, रक्सी र दही सगुनसहित 
विभिन्न परिकार खुवाएर मनाउने गर्दछन् ।
       आज राजधानीका विभिन्न मन्दिरहरुमा 
श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । त्यसैगरी बाबुको मुख हेर्नका लागि 
जान नपाएका कतिपय छोराछोरीहरुले टेलिफोन गरेर भए पनि आफ्ना बाबुलाई 
सम्झिएका हुन्छन् ।
आजै नेपालका रािट्रय विभूति मोतीराम भट्ट जन्मजयन्ती पनि विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । िवंसं। १९२३ साल भाद्र कुसे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कुसे औंसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्ट माध्यमिक कालीन नेपाली साहित्य र शृङ्गारिक धाराका प्रवर्तक हुनुहुन्छ ।




 






 
2 comments:
yo shukad dinko sabai sathi haru majh mero suvakama tha badai chha
happy father's day to all my frendz
Post a Comment