विश्वभरका १ सय १५ प्रतिस्पर्धीलाई उछिन्दै चिनियाँ सुन्दरी वेन
सि युले मिस वर्ल्ड- २०१२ को ताज पहिरिएकी छन् । चीनको ओर्डसमा शनिबार साँझ
भएको ६२ औं मिस वर्ल्डमा आयोजक राष्ट्रकै सुन्दरीले उपाधि जितेकी हुन् ।
चीनले मिस वर्ल्डको ताज जितेको यो दोस्रो पटक हो । सन् २००७ मा झाङ जिलिन
मिस वर्ल्ड भएकी थिइन् ।
वेल्स सुन्दरी सोफी मौल्ड्स फस्ट रनर अप भइन् भने अष्ट्रेलियाली सुन्दरी
जेसिका काहावाते सेकेन्ड रनर अप भइन् । उत्कृष्ट सातमा उनीहरुसहित जमैका,
भारत, दक्षिणी सुडान र ब्राजिका सुन्दरी परेका थिए । मिस वर्ल्ड- २०१२
बिजेता वेन संगीतकी विद्यार्थी हुन् । उनी संगीत शिक्षिका हुन चाहन्छिन् ।
पहिलोपटक चीनको मंगोलिया सिटी ओर्डसले अन्तर्राष्ट्रिय ब्यूटी पेजेन्ट
आयोजना गरेको हो ।
नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल सृष्टि श्रेष्ठ उपाधिविहीन भइन् ।
निकै अपेक्षा गरिएकी उनी उत्कृष्ट १५ मा पनि परिनन् । यद्यपी सृष्टि यो
चरणसम्म पुग्ने पहिलो नेपाली सुन्दरी हुन् । सृष्टि उत्कृष्ट १० मा परेको
बिच फेसनको उपाधि वेल्स सुन्दरीले जितिन् ।
· मिस वर्ल्ड ट्यालेन्ट अवार्ड- चीन
· मिस वर्ल्ड स्पार्ट्स अवार्ड- स्विडेन
· मल्टिमिडिया अवार्ड-भारत
· बिच फेसन अवार्ड- वेल्स
· टप मोडल अवार्ड- दक्षिण सुडान
0 comments:
Post a Comment