भक्तपुरमा
 मनाइने बिभिन्न बौद्धपर्वहरु मध्ये पन्जराँ अर्थात् पन्चदान पर्व पनि एक 
प्रमुख पर्व हो । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीको दिनमा 
मनाइन्छ । यो दिनमा बिषेशत: नेपालको बौद्ध परम्परा अनुसार बाहा: र बही 
(बिहार) मा प्रवर्जित भएका बौद्ध भिक्षुहरु (गृहस्थ भिक्षुहरु) लाई पाँच 
प्रकारका वस्तुहरु दान गरिन्छ । पाँच प्रकारका बस्तुमा अन्न (चामल, धान, 
गँहु , जौ आदि ), गेडागुडी , फलफूल , सख्खर पानी (सर्बत) पर्दछन् । 
परम्परागत रुपमा चली आएको यो परम्परा र संस्कृतिअनुसार दान गर्नको लागि 
विभिन्न बौद्ध देवताहरुको मुर्ति प्रदर्शन गरेर दानशाला बनाएको हुन्छ । 
त्यस्मा पनि बिषेशत: दीपंकर बुद्धको मुर्तिलाई प्रमुख रुपमा राख्ने गरिन्छ ।
 बौद्धधर्ममा दीपंकर बुद्धलाई बौद्ध धर्मका प्रबर्तक शाक्यमुनि बुद्धलाई 
भविष्यमा बुद्ध हुनेछ भनेर भविष्यव्याकरण गर्ने बुद्धको रुपमा चिनिन्छन् । 
त्यसैले वहाँ अतितका बुद्ध हुन् ।
www.namxal.blogspot.com



 






 
0 comments:
Post a Comment