 एक दक्षिण
 कोरियाली अदालतले प्याटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकी एप्पल 
तथा स्वदेशी सामसुङका उत्पादनमाथि देशमा आंशिक प्रतिबन्ध लगाएको छ । दुबै 
कम्पनीले एक अर्काको प्याटेन्ट अधिकार हनन गर्ने काम गरेको ठहर गर्दै 
अदालतले यस्तो फैसला गरेको हो । एप्पलले सामसुङले लिएका दुइ वटा प्याटेन्ट 
अधिकार उल्लंघन गरेको तथा सामसुङले एप्पलले लिइसकेको एउटा प्याटेन्ट अधिकार
 उल्लंघन गरेको अदालतको ठहर छ ।

      अदालतको
 फैसलासँगै अब दक्षिण कोरियामा एप्पलको आइफोन थ्री जिएस, आइफोन फोर, 
आइप्याड तथा आइप्याड टू को बिक्रिमा रोक लाग्नेछ । त्यस्तै सामसुङका 
ग्यालेक्सी एसआइ, एसआइआइ, ग्यालेक्सी ट्याब तथा ग्यालेक्सी ट्याब १०.१ माथि
 पनि दक्षिण कोरिायली बजारमा प्रतिबन्ध लाग्नेछ । साथै अदालतले एप्लललाई ३५
 हजार तथा सामसुङलाई साढे १७ हजार अमेरिकी डलर जरिवानाको फैसला समेत 
सुनाएको छ ।
स्मरण रहोस् एप्पल र सामसुङबीचको प्याटेन्ट अधिकार सम्बन्धी विवाद अमेरिकाको अदालतमा पनि विचाराधिन छ ।
Source : onlinekhabar

0 comments:
Post a Comment