7:36 AM
  
 परीक्षा
 नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १७ गते देखि २४ गते सम्म संचालन 
गरेको प्रवेशिका अर्थात एसएलसी पूरक परीक्षाको नतिजा यहि भाद्र महिनाको 
अन्तिम सातासम्म प्रकाशित गर्ने भएको छ । मुलुकभरबाट
 एकलाख २४ हजार परीक्षार्थी सहभागी उक्त परीक्षाको परीक्षाफल भदौको अन्तिम 
सातासम्ममा प्रकाशित गर्ने तयारीमा कार्यालय रहेको कार्यालयका उपनियन्त्रक 
अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो । कार्यालयले
 गत चैत्त ७ गते देखि १६ गते सम्म संचालन गरेको एसएलसी परीक्षामा बढीमा दुई
 विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीकालागि मौका परीक्षाका रुपमा पूरक 
परीक्षा संचालन गरेको हो । परीक्षामा सबभन्दा बढी गणित विषयमा, त्यसपछि अंग्रेजी र विज्ञान विषयमा परीक्षा दिने परीक्षार्थी रहेका छन् ।

Source: Mybhaktapur.com  
 
1 comments:
Best Of Luck all students
Post a Comment