केरा
 एक स्वादिष्ट फल हो, जुन नेपालका धेरैजसो भू-भागमा उत्पादन हुन्छ । केराको
 एउटै विशेषता भनेको यसमा अन्य सबै फलमा भन्दा ज्यादा प्रोटिन पाइन्छ । 
प्रोटिनका हिसावले हेर्दा अण्डा भन्दा केरा उपयुक्त भएको बताइन्छ । २ 
अण्डामा हुने प्रोटिन एउटै केरामा हुने चिकित्सकहरु को भनाई छ ।
को भनाई छ ।
तर, अब भने केरा एचआईभी तथा एड्सी रोगीका लागि समेत फलदायी हुने तथ्य बाहिर
 आएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य
 बाहिर आएको हो ।
हालै संयुक्तराज्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले केरामा 
पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । 
उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा 
समेत प्रकाशित भएको जनाइएको छ ।
वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । 
एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु 
असमर्थ रहेका छन्, तथापी वैज्ञानिकहरुको अनुसन्धान भने जारी छ ।


 






 
0 comments:
Post a Comment