अमेरिकाका एक मानिसले सांग्ला खाने प्रतियोगिता त जिते तर सांग्लाको सेवन 
उनको मृत्युको कारण बन्यो र जितको खुसी मनाउन नपाउँदै उनी परमधाम भए ।
अमेरिकाको फ्लोरिडामा भएको जिउँदा सांग्ला चपाएर खाने प्रतियोगितामा अरु ३०
 जना स्पर्धीलाई पछार्दै ३२ वर्षका इडवार्ड आर्कबोल्ड प्रथम भए । तर 
प्रतियोगिता सकिने बित्तिकै उनलाई बिसन्चो भयो र प्रतियोगिता स्थलमै ढलेर 
बेहोस भए ।
प्रहरीका अनुसार प्रतियोगितामा उनीसँगै सांग्ला खाएका अरु प्रतिस्पर्धी भने
 कोहीपनि बिरामी परेका छैनन् । सांग्ला खाएर ढलेलगत्तै आर्कबोल्डलाई 
अस्पताल लगियो जहाँ उनलाई डाक्टरहरुले मृत घोषित गरे ।
उनको मृत्युको खास कारण अझै पत्ता लाग्न नसकेको र पोष्ट पार्टम रिपोर्टपछि 
मात्र थाहा लाग्ने बताइएको छ । प्रतियोगिताका आयोजकले यो घटनाबाट आफु 
मर्माहत भएको बताएका छन् । प्रतियोगितामा भाग लिनु अघि सबैजनालाई 
मन्जुरीनामा कागज गराइएको र पछि केही भएमा उजुरी नगर्ने सहमति भएको हुनाले 
आयोजकलाई आर्कबोल्डको मृत्युको विषयमा मुद्दा नचल्ने सम्भावना रहेको 
बताइएको छ ।
Wooden Carved Swet Bhairav Statue
2 months ago



 






 
0 comments:
Post a Comment