तिहारको पहिलो दिन आज काग तिहार । कागको
 पूजा आजा गरी मनाइदै छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको 
रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिई पूजा गर्ने 
गरिन्छ ।  शुभ र अशुभ सन्देश पुर्याउने मानिएको कागलाई आज पूजाआजा गरी भात र
 रोटी दिने चलन छ । 
कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक
 शुक्ल द्वितियासम्म पाँच दिन मनाइने तिहारको पहिलो दिन काग तिहार गरी 
पञ्चक सुरु हुने गर्दछ । तर यो वर्ष  आइतवार हिजो द्वादशीको विहान १० बजेर 
१८ देखि त्रयोदशी सुरु भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका सदस्य सचिव 
सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । Onlinekhabar



 






 
0 comments:
Post a Comment