यम त्रितीया समेत भनिने भाईटीकामा यमराज, यमुना, नवग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ । यसदिन दिदीबहिनीले दाजुभाईलाई कहिल्यै नसुक्ने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायुको कामना गर्दछन् । यसदिन यमराज पनि आफ्ना दूतहरुका साथ बहिनी यमुनाकोमा टीका लगाउन जाने भएकाले कालको डर नहुने बताइन्छ ।
यसदिन दाजुभाइ–दिदीबहिनीले आपसी स्नेह, सत्कारका साथ पूज्ने गर्छन् । भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरु सुशी तथा सम्पन्न हुने विश्वास गरिन्छ । यसदिन आफ्ना दिदीबहिनीले दाजुभाइ पुजेर फलफूल, मसला, लगायतका परिकार दिने प्रचलन छ भने दाजुभाइले पनि दिदीबहिनीलाई विशेष सत्कारका साथ उपहार, दान–दक्षिणा दिने परम्परा कायम रही आएको छ
0 comments:
Post a Comment