तिहार आउनै लाग्यो । भक्तपुर नगरका 
प्रजापती  समुदायलाई माटाका पाला बनाउन भ्याई नभ्याई छ । माटाका भाँडा 
बनाउने क्षेत्र  बोलाछेका प्रजापती समुदायले अहिले पालाको मागअनुसार दिन 
सकेका छैनन् । अन्य समयमा दैनिक 
दुई दर्जन पनि बिक्रि  नहुने पालाहरु अहिले तिहारको सिजनले दैनिक 
तिनहजारसम्म विक्री हुने  ब्यापारीहरुको भनाइ छ ।’
अर्डर अनुसार पाला बनाउन सकेका छैनौँ, पुख्यौली पेशा सम्हाल्दै भक्तपुर बोलाछेका विश्वराम प्रजापतीले भने – ‘माग अनुसारको पाला बनाउनका लागि अहिले परिवारका सबै सदस्य अन्य काम छाडेर पाला बनाउन लागेका छौं । ‘सबैभन्दा सानो पाला सय रुपैयाँको ९० वटा, त्यो भन्दा ठुलो ३ रुपैयाँको त्यसपछि ६ रुपैयाँको एउटा र सबै भन्दा ठुलो पालाको १० रुपैयाँ पर्छ । भक्तपुरमा बनेको पालाहरु काभ्रे, काठमाडौं, ललितपुर मात्र नभई तराईका जिल्लामा समेत खपत हुन्छ । Onlinekhabar


 






 
0 comments:
Post a Comment