Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

चल्ने भयो साझा बस

सरकारी स्वामित्वबाट मुक्त भएको साझा यातायातको व्यवस्थापन समितिले करिब साढे तीन करोड रुपैयाँको लगानीमा १६ वटा बस सञ्चालनको तयारी गरेको छ । तीन महिनाभित्र काठमाडौं उपत्यकाका दुई रुटमा चल्ने बसले बिहान झिसमिसेदेखि राति १० बजेसम्म यात्रुहरूलाई सेवा दिनेछन् । बस सञ्चालन गर्न साझाले सिप्रदी टे्रडिङसँग तीन करोड ३५ लाख रुपैयाँको सम्झौता गरिसकेको प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । 'अबका तीन महिनामा ५५ सिटे ठूला बस राजधानीका सडकमा गुड्नेछन्,' उनले कान्तिपुरसित भने, 'त्यसका लागि असोजको अन्तिम सातामा एलसी खोलिसकिएको छ, १२० दिनभित्र बस आइपुग्छन् ।'
 
सहरी सार्वजनिक यातायातको मापदण्डअन्तर्गत सुलभ, सुरक्षित र नियमित सेवा पुर्‍याउने योजनाका साथ साझाले फेरि सेवा सुरु गरेको हो । गतवर्ष जेठमा विशेष साधारण सभामार्फत सञ्चालक समितिमा सरकारी एकाधिकार तोडेको साझा यातायातको व्यवस्थापनले यस्तो तयारी गरेको हो । टाटाले भारतमै बढी निर्माण गरी बस हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ । हरियो रंगका बसहरू युरो तेस्रो मापदण्डअनुसार हुने साझाले जनाएको छ । साझाले भित्र्याउन लागेको ५५ सिटे बस अहिले राजधानीमा सञ्चालन भएका स्थानीय रुटका सबै बसभन्दा ठूलो आकारको हो । यसअघि कीर्तिपुर र दक्षिणकाली रुटमा मात्रै ठूला बस सञ्चालनमा थिए । 

बसका दुईवटा ढोका चालकको नियन्त्रणमा खुल्ने र बन्द हुने प्रणाली जडान गरिने, पाण्डेयले बताए । मेसिनबाट टिकट बिक्रीको व्यवस्था गर्ने तयारीका साथ साझाले बसमा एउटा कन्डक्टरको व्यवस्था गर्नेछ । सरकारले तोकेअनुसार शुल्क लिने र सहुलियत दिने साझाको तयारी छ । हालका लागि १६ वटा बसहरू दुईवटा रुटमा सञ्चालन हुने साझाले जनाएको छ । सातदोबाटो, एयरपोर्ट, गौशाला, कमलपोखरी, रत्नपार्क हुँदै पुल्चोकस्थित साझा कार्यालय पुग्ने एउटा रुट तय गरिएको छ । कलंकीदेखि सातदोबाटो, त्रिपुरेश्वर हुँदै पुन कलंकी पुग्ने अर्को रुटमा दोहोरो सेवा सञ्चालन गर्ने तयारी साझाले गरेको छ । हाल रुट परमिटका लागि यातायात व्यवस्था विभागमा पहल भइरहेको साझा व्यवस्थापनले जनाएको छ ।
 
सरकारी हस्तक्षेप र राजनीतिक नियुक्तिका कारण टाट पल्टिएको साझा यातायात पछिल्लो समय सहकारी अवधारणा अन्तर्गत पुनर्गठन भएको हो । पुनर्गगनसँगै साझालाई सरकारी हस्तक्षेपबाट समेत मुक्त गरिएको छ । साझाको सञ्चालक समितिका एक सदस्यका अनुसार पहिले यातायात सचिव पदेन अध्यक्ष हुने र यातायात व्यवस्था विभागका महानिर्देशक तथा सहकारी विभागका रजिस्ट्रार पदेन हैसियतले सञ्चालक हुने व्यवस्था थियो । त्यसकै आधारमा सरकारी तहबाट हुने हस्तक्षेप र राजनीतिकरणले साझा धराशयी भएको ठहरसहित गतवर्ष सम्पन्न विशेष साधारणसभाले यातायात व्यवस्था विभागका महानिर्देशक र सहकारी विभागका रजिस्ट्रारमात्रै सञ्चालक हुने नयाँ व्यवस्था गर्‍यो भने सञ्चालकमध्येबाट अध्यक्ष चुनिने प्रावधान राखे ।
 
त्यही साधारणसभाबाट चुनिएको नयाँ नेतृत्वले विभिन्न ढंगले स्रोत जुटाई नयाँ बस खरिद गर्ने योजना बनाएको हो । हाल कनकमणि दीक्षित साझा यातायातको सञ्चालक समितिका अध्यक्ष हुन् । त्यसअघि नै साझाले वीरगन्जमा रहेको जग्गा बेची सबै पुराना कर्मचारीलाई अवकाश दिएको थियो । अहिले सबै कर्मचारी करारमा नियुक्त भएका हुन् । हाल साझा यातायातसँग ललितपुरको पुल्चोकमा २२ रोपनी जग्गा छ भने त्यही जग्गाको भवन नेपाल टेलिकमले भाडामा लिएको छ । छ करोड रुपैयाँमा वीरगन्जमा रहेको जग्गा बेची साझाले बस किन्ने तयारी गरेको हो ।
 
साझाबाट अवकाश पाएका पुराना कर्मचारीहरूका अनुसार तत्कालीन राजा महेन्द्रको पहलमा २०१८ सालमा साझा यातायात स्थापना भएको हो । पञ्चायतकाल र त्यसपछि बहुदलकालमा सत्तास्वार्थ र राजनीतिक भर्तीकेन्द्र बनाइएको साझा यातायात टाट पल्टेपछि सरकारले करिब दस वर्षअघि त्यसको विघटन गरेको थियो । पाटन पुनरावेदन अदालतले २०५९ सालमा साझा खारेज नगर्न र सञ्चालन गर्न आदेश दिएपछि सरकारले २०६२ सालदेखि फेरि साझा चलाउन थालेको हो । १ सय ८३ वटा बससम्म सञ्चालन गरेको साझा यातायात त्यसपछि माओवादी सशस्त्र युद्धका क्रममा भएको भौतिक आक्रमण र अन्य कारणले धराशयी भएको थियो । ekantipur

0 comments: