निकट भविष्यमै घरभित्र स्मार्ट टेलिभिजन र घरबाहिर स्मार्टफोनले अधिपत्य
जमाउनेछन्। यी उपकरण नै सर्वज्ञानी, सर्वगुणी र बहुप्रयोजनका उपकरण
हुनेछन्, जसमार्फत मानिसका अनेक इच्छा वा कल्पना साकार गर्न सकिनेछ। आगामी
२६ अक्टोबरका दिन माइक्रोसफ्ट कम्पनीले नयाँ अपरेटिङ सिस्टम विन्डोज ९
सार्वजनिक गर्दैछ। भविष्यमा यसले कम्प्युटर, नोटबुक (ल्यापटम) र ट्याब्लेट
पीसी मात्र नभै इन्टरनेटको सुविधा सम्पन्न स्मार्ट टेलिभिजनसमेत बनाउनेछ।
स्मास्र्ट टेलिभिजन आफैंमा स्वयं पनि कम्प्युटर, नोटबुक र ट्याब्लेट पिसी
हुनेछ। यसैगरी गुगल टेलिभिजन पनि -जसलाइ अहिलेसम्म कुनै नयाँ दुलहीजस्तो
गरी व्यापारी एवं विशेषज्ञहरूबीच मात्र देखाइने गरिएको छ) बर्लिनको
उपभोक्ता इलेक्ट्रोनिक प्रदर्शनीमा पहिलो पटक सार्वजनिक गरिएको थियो। यो
एउटा त्यस्तो सेट अप बक्स (रिसिभर वा कन्भर्ट) हो, जसले पारम्परिक
टेलिभिजनलाई इन्टरनेट सफिर्ङ गर्नलायक बनाउँछ। जसलाई इन्टरनेट सुविधायुक्त
स्मार्ट टेलिभिजनमा रुचि छैन, उनीहरूले भने यो बक्स किनेर अहिलेको डिजिटल
टेलिभिजनलाई कम्प्युटरका रूपमा समेत प्रयोग गर्न सक्नेछन्। कालो रङको यो
सानो बक्समा एन्ड्रोइड सफ्टवेयर (एप्स) पनि उपलब्ध हुनेछन्।
wooden console table
2 months ago
0 comments:
Post a Comment