पप गायिका म्याडोनाले आफ्नो करियरमा एउटा नयाँ कीर्तिमान कायम गरेकी छिन्।
उनी बेलायतको संगीत इतिहासमा सबैभन्दा बढी सुनिएकी गायिका घोषित गरिएकी
छिन्। ५४ वर्षीया म्याडोनाको सन् १९८४ मा पहिलो एल्बम 'होलिडे' सार्वजनिक
भएपछि १ करोड ७० लाखप्रति बेलायतमा मात्रै बिक्री भएको छ। यो सूचीमा पप
गायिका रिहान्ना दोस्रो स्थानमा छिन्। सन् २००५ मा सार्वजनिक भएको उनको
एल्बम 'पोन डे रिप्ले' को पनि १ करोड १४ लाख प्रति बिक्री भैसकेको छ। द
अफिसियल चार्ट कम्पनीका अनुसार अस्ट्रेलियाली गायिका काइली मिनोग यो
सूचीमा तेस्रो स्थानमा छिन्। उनको २५ वर्षे करियरमा उनका एल्बमहरू १
करोडप्रति बिक्री भैसकेका छन्। गायिका हि्वट्नी हस्टनको ८५ लाख तथा लेडी
गागाको ७३ लाखप्रति एल्बम बिक्री भएका छन्। शीर्ष १० गायिकामा बि्रट्नी
स्पेयर्स, सिलेन डियोन तथा मारिया केरी पनि समावेश छन्।
Lokeshwor Temple (Hiranyavarna Mahavihar)
2 weeks ago








0 comments:
Post a Comment