२२
मंसिर । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समयअवधि बढाएको छ ।
प्राधिकरणले शनिबारदेखि लागु हुने गरी दिनमा १० घण्टा लोडसेडिङ हुने
जनाएको छ ।
नदीहरुमा
पानीको सतह क्रमशः घट्दै गएकाले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणको
प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
यसअघि
आजसम्म दिनको आठ घण्टामात्र लोडसेडिङ हुँदै आएको थियो । प्राधिकरणले आजै
दिउँसो लोडसेडिङको नयाँ तालिका सार्वजनिक गर्ने भएको छ ।
0 comments:
Post a Comment