Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

८ घण्टामै आइफोन ५ ह्याक

अन्तराष्ट्रिय बजारमा तहल्का पिटिरहेको एप्पलको आइफोन ५ का विषयमा एउटा अविश्वसनीय तथा दुखलाग्दो खबर बाहिर आएको छ । अमेरिकाको सन फ्रान्सिस्कोका एक ह्याकरले आइफोन ५ रिलिज भएको ८ घण्टामै आफुले ह्याक गर्न सफल भएको दाबी गरेका छन् । ग्रान्ट पल नामका ती व्यक्तिले एप्पलका आइओएस अपरेटिङ सिस्टम सफ्टवेयर बनाउने गरेको बताइन्छ । आइफोन ५ ह्याक गरेको कुरा उनले आफ्नो टि्वटर मार्फत सार्वजनिक गर्दै टि्वट गरेका थिए, ‘जेलब्रोकन आइफोन ५ ।’ एप्पलको आइफोन तथा अन्य डिभाइस एप्पलकै अपरेटिङ सिस्टम तथा एप्पलले स्विकृति दिएका अन्य सफ्टवेयरबाट मात्र चल्ने गर्छ । तर पलले एउटा यस्तो तस्वीर टि्वटरमा पोष्ट गरेका थिए जसमा आफुले तयार पारेको तथा एप्पलले स्विकृति नदिएको अर्कै एप्लिकेसन सफ्टवेयर सिडिया एप्लिकेसन आइफोन ५ मा इन्स्टल गर्न सफल भएका छन् । आइफोनका यसअघिका संस्करण पनि ढिलोचाँडो यसरी नै ह्याक हुने र अवैध सफ्टवेयरबाट चल्ने गरेका भएपनि आइफोन ५ बजारमा आएको ८ घण्टामै ह्याक हुनुलाई निकै ठूलो घटना मानिएको छ । प्रविधि जगतले पलले आइफोन ५ ह्याक गरेको भनी गरेको दाबी साँचो भएको पुष्टि गरेको छ । आइफोन ५ छिटै ह्याक भएको खबरले आइफोनका पारखीहरुलाई अवश्य पनि पिर परेको हुनुपर्छ ।
Source : Onlinekhabar

0 comments: