अमेरिकी मोडल तथा पपगायिका निकोल सर्जिङ्गरले आफ्नो प्रेमी भेट्न विमान नै
भाडामा लिएकी छिन्। आफ्ना प्रेमी तथा तीव्र गतिका कार चालक लेविस
हेमिल्टनलाई ग्रान्ड पिक्स रेसका दौरान भेट्न तथा घुम्न मोटो रकम तिरेर
विमान भाडामा लिने क्रममा उनले द एक्स फ्याक्टरबाट प्राप्त ७५ हजार
पाउन्डको अधिकांश हिस्सा खर्च गरेकी छिन्। पूसी क्याट एल्बमकी गायिका निकोल
हेमिल्टनसँगको आफ्नो प्रेम सम्बन्धलाई प्रगाढ बनाउन विमानमा उनीसँग
अबुधावी तथा ब्राजिलसम्म पुग्नेछिन्। पछिल्लो महिना लेविस केही महिलासँग
देखिएपछि उनीहरूबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो, तर सम्बन्धमा
रहेको चिसोपन हटाएर लेविससँगको प्रेमसम्बन्धलाई पुनः तताउने सुरमा निकोलले
हवाईजहाज नै भाडामा लिएकी हुन्।
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment