Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट बच्यो

पोखरा । जोमसोमबाट पोखराका लागि उडेको नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटना हुनबाट बचेको छ । उक्त विमान जोमसोमको धावन मार्गमै पल्टिएको थियो । विमानको पांग्रा भाँचिएर विमान पल्टिएको प्रहरीले जनाएको छ । विमानस्थलमा खाल्डा परेको र उड्न लाग्दा विमानको पांग्रा भाँचिएर पल्टिएको बताइएको छ । विमानमा रहेका चालकदलका ६ सदस्यसहित १८ जना यात्रुहरु भने सकुसल रहेका छन् । विमान पल्टिएर अवरुद्ध भएको विमानस्थल अहिले सुचारु भएको छ । रनवेमा रहेको विमानलाई सुरक्षाकर्मीको सहयोगमा रनवेबाट बाहिर ल्याइएको थियो । चार बर्ष अघि पनि सोही विमान सहचालकलाई परिक्षण गर्न दिनेक्रममा धावनमार्ग बाहिर दुर्घटना भएको थियो ।

0 comments: