
काठमाडौंबाट सोलुको लुक्लाका लागि उडेको सीता एयरको 9N AHA डोर्नियर विमान
 त्रिभुवन विमानस्थलबाट उडे लगत्तै दुर्घटना भएको छ । विमानमा सवार सबै १९ 
जनाको निधन भएको छ । बिहान ६ बजेर १७ मिनेटमा उडेको विमान ६ बजरे १८ 
मिनेटमा विमानस्थल नजिकै लोकन्थली मनहरा खोला छेउमा दुर्घटना भएको हो । 
 

विमानमा आकाशमै आगो लागेको प्रत्यक्षदर्शीले बताएको छ । विमानमा रहेका १९ 
जना सबैको निधन भएको छ । विमानमा ७ बेलायती, ५ चिनियाँ र ३ चालकदलसहित ७ 
जना नेपाली थिए ।
 

विमानको पछिल्लो भाग बाहेक सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय 
तन्डुकार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । विमानमा केही खराबी भएर 
वा चरासंग ठोक्किएर दुर्घटना भएको हो बारे अनुसन्धान भइरहेको छ । चालक 
तन्डुकारले त्रिभुवन विमानस्थल टावर (एटिसी) संग कुरा गर्दै जहाज चरासंग 
ठोकिएर अनियन्त्रित भएको जानकारी दिएका थिए । यसबाहेक थप कुनै पनि कुरा हुन
 नपाउँदै विमान दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल 
सुमनले बताए ।
 
 लुक्ला जान लागेको जहाज धावनमार्गको केन्द्रबाट झण्डै ५ सय मिटरको दुरीमा 
पुनः विमानस्थल फर्काउने क्रममा खसेको थियो । वरीपरि बस्ती भएकाले चालकले 
जहाजलाई कम क्षति हुनेगरी मनोहरा नदीमा अवतरण गर्ने प्रयास गरेको देखिएको 
सुमनले बताए । नजिकै सुकुम्बासी बस्ती र नदिवारी काठमाडौं वडा नम्बर ३५ मा 
पर्ने पाल्पाकोट बस्ती छ । विमानमा यात्रु बाहेक १ सय ५० किलो ब्यागेज थियो
 । घट्नाबारे बुझ्न दुर्घटनास्थमा बिहानैदेखि हजारौं सर्वसाधारणको ताँती 
लागेको छ । यो जहाजको दुर्घटनासंगै सीता एयरसंग अब २ वटा डोर्नियर मात्र 
बाँकी छ । 
 
 
0 comments:
Post a Comment