Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

यस बर्ष टीकाको साइत ९ बजेर ५७ मिनेटमा |

यसबर्ष विजया दशमीमा टीकाको शुभसाईत असोज २८ गते सोमवार बिहान ९ बजेर ५७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको उतम साईत ९ बजेर ५७ मिनेटमा रहेको जनाएको हो । यद्यपी सो दिनभरी नै टीकाको साईत रहेको समितिले जनाएको छ । यस्तै घटस्थापनाको साईत असोज १९ गते बिहान ९ बजेर ५१ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
https:namxal.blogspot.com को तर्फ बाट सबै दाजुभाई तथा दिदिबहिनीमा विजय दशमी २०७० को मंगलमय शुभकामना|

भोलिदेखि ६ दिन दैनिक साढे ३ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

भोलिदेखि ६ दिन दैनिक साढे ३ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)
काठमाडौं, आश्विन २४ । नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको महान चाड बडादसैंलाई मध्यनजर गर्दै साविकको लोडसेडिङ तालिकामा केही कटौति गरेको छ ।

हाल दैनिक सात घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले फूलपाती (भोलि)देखि आश्विन ३० गतेसम्म दैनिक सरदर साढे ३ घण्टा लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले दसैंको ६ दिनका लागि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले औधोगिक क्षेत्रको लोडसेडिङ भने यथावत रहेको जनाएको छ

पुतली छोए आँखाको ज्योति गुम्ला है…

बत्तीमा झुम्मिरहेका सेता पुतली राम्रो लाग्यो भन्दैमा हातले टिप्ने गल्ती नगर्नुहोला । त्यस्तै पुतलीको सम्पर्कबाट आँखाको ज्योतिसमेत गुम्ने सापु रोगका विरामी राजधानी लगायत देशका विभिन्न जिल्लामा ठूलो संख्यामा भेटिएका छन् ।

butterflyतिलगंगा आँखा अस्पतालमा मात्रै भदौयता १५ जनाभन्दा बढी यस्ता विरामी भर्ना भइसके । तीमध्ये पाँच जनाको मात्रै उपचारपछि सुधार भइरहेको छ । आधाभन्दा बढीको ज्योतिनै गुमेको तिलगंगाकी सापु विशेषज्ञ डा. अनु मानन्धरले बताइन् । बिरामीमध्ये अधिकांश बालबालिका रहेको नागरिक दैनिकमा खबर छ ।
 
 
पुतलीका पखेटा र शरीरबाट झर्ने सेता झुस आँखाको सम्पर्कमा आएर यो रोग सल्किन्छ । चिप्रा नखाए पनि आँखा रातो भएर आउँछ । विस्तारै आँखाको कालो भागमा पिप भरिन थाल्छ । त्यसपछि पूरै पिप भरिन्छ । यसले आँखाको पर्दा र नसा लगायत महत्वपूर्ण भागमा असर पुर्‍याउँछ । उपचार गर्न आएका मध्ये धेरैको भित्री भागसम्म रोग फैलिसकेको थियो । केहीमा अघिल्लो भाग र रेटिनामा मात्रै असर थियो । यस्ता खालका पुतली असोजदेखि मंसिरसम्म बढी देखिन्छन् ।

दुधसँग यी ७ चीज नखानुस्, (जानकारी)

http://dynamichealthnow.com/wp-content/uploads/2013/06/What-Is-Fortified-Milk.png दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी दुधको प्रयोग गर्दा केही कुरामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ । थाहा पाऔ दुधलाई कुन अवस्थामा प्रयोग नगर्नु राम्रो हुन्छ ।

- हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

- दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

- दुधको साथमा मूला, जामुन,माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।

- दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ।

- दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

- दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

- सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुनु राम्रो हुन्छ ।

किन आयो अमेरिकी सैन्य विमान नेपालमा ?

काठमाडौ, असोज ३ – अमेरिकी वायु सेनाको एयर फोर्स विमान पहिलो पटक नेपाल आएको छ ।भारतको दिल्ली हुँदै अमेरिकी वायुसेना एयर फोर्स विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
American Airforce
अमेरिकी दूतावासका लागि आवश्यक सामग्री लिएर एयर फोर्स नेपाल आएको नेपाली सेनाले पुष्टी गरेको छ ।
नेपाली सेनाका लागि कुनै सामग्री लिएर आएको होइन नेपाली सेनाका प्रवक्ता जगदिश पोखरेलले भन्नुभयो ‘रक्षा र परराष्ट्र मन्त्रालयलसँग समन्वय गरेर दूतावासकै सामान लिएर अमेरिकी वायु सेना एयर फोर्स विमान काठमाडौ आएको हो ।’ यो भन्दा सानो एयर फोर्स पहिले पनि आउने गरेको वताउँदै प्रवक्ता पोखरेलले यति ठूलो एयर फोर्स नेपाल आएको पहिलो पटक नै भएको बताउनुभयो ।
एयर फोर्स दुई घण्टा नेपालको विमानस्थलमा रहने र फेरि दिल्लीनै फर्कने प्रवक्ता पोखरेलले वताउनुभयो । यसबारे अमेरिकी दूतावासले भने केही जानकारी दिएको छैन ।

Source:- ujyaaloonline

लोडसेडिङ बढ्यो, आइतबारबाट (२०७०-०५-३०) दैनिक ७ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधी बढाएको छ । प्राधिकरणले आइतबार (२०७०-०५-३०) बाट लागू हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

यसअघि सातामा २७ घण्टासम्म विद्युत कटौति गर्दै आएको प्राधिकरणले आइतबारबाट सातामा साढें ४६ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार अब दैनिक ७ घण्टासम्म लोडसेडिङ हुनेछ ।

प्राधिकरणले कुशैया–कटैया १३२ केभी प्रशारण लाईनको कन्डक्टर बदली कार्य तथा नदीमा पानीको बहाव कम भएको जनाउँदै लोडसेडिङ बढाउनु परेको तर्क गरेको छ । प्राधिकरणका अनुसार आइतबारबाट सातामा ४ दिन ७ घण्टा, दुई दिन ६ घण्टा र एक दिन सातामा साढें ६ घण्टालोडसेडिङ बढ्यो, भोलिबाट दैनिक ७ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित) लोडसेडिङ हुनेछ ।

मोबाइल उठाउँदा अब पैसा पनि कमाइने

काठमाडौं, भाद्र २० । नेपाली कम्पनी क्यास एण्ड एडले विश्वमै नौलो प्रविधि प्रयोगमा ल्याएको छ । मोबाइल उठाउँदा पैसा कमाउन सकिने प्रविधि औपचारिक रुपमा प्रयोगमा ल्याएको हो ।
मोबाइल उठाउँदा अब पैसा पनि कमाइने
मोबाइलमा घण्टीसँगै कुनै एक कम्पनीको विज्ञापन बज्नेछ, फोन उठाउनुअघि ६ सेकेन्डसम्म विज्ञापन हेरे त्यसबाट १ रुपैयाँ आम्दानी गर्न सकिने नौलो प्रवद्र्धनात्मक योजना कम्पनीले ल्याएको हो ।

जतिधेरै फोन उठाउन सकिन्छ, त्यतिनै बढि रकम पाउन सकिने कम्पनीले जनाएको छ । यो सेवा प्रयोगका लागि मोबाइलकर्ताले कुनै शुल्क तिर्नुपर्ने छैन ।

तर, आफ्नो मोबाइल सेटमा क्यास एण्ड एड सफ्टवयेर डाउनलोड गर्नुपर्ने छ । क्यास एण्ड एडमा जम्मा भएको रकम नेपालमा ई–सेवामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।

क्यास एण्ड एडको ब्यालेन्स हरेक २४ घण्टामा एक पटक इन्टरनेटमा सिंक गर्नुपर्नेे छ । आगामी केहि महिनाभित्र यो योजना भारत, बंगलादेश, श्रीलंका, सिंगापुर, अमेरिका सहित १८ वटा मुलुकमा सुरु गरिने कम्पनीले जनाएको छ ।