Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

मनीषाको आमा बन्ने चाहना


Manisha Koirala


      बलिउडकी नेपाली अभिनेत्री मनीषा कोइरालाले आफू आमा बन्न आतुर रहेको तर आफैंले बच्चा जन्माउने कि धर्मपुत्र राख्ने भन्ने विषयमा अझै निर्णय गरिनसकेको बताएकी छिन्। केही दिनअघि फिल्मफेयर डट कमलाई दिएको अन्तर्वार्तामा मनीषाले उक्त चाहना व्यक्त गरेकी हुन्।  मनीषा भन्छिन्- उमेर बितिसकेपश्चात् आफैं बच्चा जन्माउन कत्तिको सम्भव छ, त्यो मलाई थाहा छैन। ममा आमा बन्ने एकदम चाहना छ  तर अब यो कार्य भगवान्कै हातमा छ। केही समयअघि मैले धर्मपुत्र राख्ने कि भन्ने सोचेकी थिएँ। सम्भवतः केही वर्षपश्चात् त्यही गर्छु होला।'

        प्रेम के हो भन्ने प्रश्नमा मनीषा भन्छिन्- 'अब मलाई प्रेम केटा र केटीबीचको मात्र विषय हो भन्ने लाग्दैन। त्यस प्रकारको प्रेम सीमित छ।  यदि कसैले तिमीले माया गरे पनि, नगरे पनि म माया गर्छु भन्छ भने त्यस प्रकारको निःसर्त माया धेरै महत्त्वपूर्ण हुन्छ।' त्यस्तै कुनै पुरुषसंग  सम्बन्ध हुनु उनी ठूलो कुरा मान्छिन्, तर के कारणले सम्बन्धतिर डोर्‍याइरहेको छ भन्ने कुरा पनि थाहा पाउनुपर्ने उनी बताउँछिन्। तपाईं रो मान्टिक की वास्तविक भन्ने प्रश्नमा मनीषा भन्छिन्, 'म रोमान्टिक छु, मलाई दिवा-स्वप्न देख्न मजा लाग्छ।'

        तपाईं के कारणले गर्दा दिक्क हुनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्- 'धेरै तल झरियो, माया र हृदयमा घात भयो, अपहेलित भइयो र मन  दुख्यो भने तैपनि म एउटा सुखी मानव हुँ। तपाईंले के गलत गर्नुभयो भन्ने एउटा अर्को प्रश्नमा मनीषा भन्छिन्- 'दिल तो पागल है' मा  मलाई अफर आएको थियो, त्यसलाई नकारें। सायद मैले स्वीकार्नुपथ्र्यो।' तपाईंको सौन्दर्य भगवान्ले दिएका हुन् भन्ने प्रश्नमा उनी भन्छिन्- ' हो, मलाई लाग्छ, मेरो सौन्दर्य मेरा बाबुआमाको देन हो, मेरो आफ्नो होइन।'

      दुई वर्षअघि सम्राट् दाहालसँग विवाह भएको केही महिनामै सम्बन्ध बिगि्रएको समाचार सम्प्रेषित हुन थालेपश्चात् आफैंले त्यसलाई स्वीकार्दै  हिँडेकी मनीषा कोइराला हाल बलिउडमा राम गोपाल बर्माको चलचित्र भूत-२ मा अभिनय गरिरहेकी छिन्। उनको वैवाहिक सम्बन्ध कस्तो छ  भन्ने विषयमा भने सत्यतथ्य सार्वजनिक हुन सकेको छैन, तर मनीषाले दिएको यो ताजा अन्तर्वार्ताका आधारमा केही अनुमान भने अवश्य  गर्न सकिन्छ।

0 comments: