Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

द एम्याजिङ स्पाइडरम्यान



    बालबालिकामाझ लोकप्रिय मानिएको स्पाइडरम्यान श्रृंखलाको नयाँ चलचित्र 'द एम्याजिङ स्पाइडरम्यान' यो साता प्रदर्शन भएको छ।  स्पाइडरम्यान श्रृंखलाको यो चौथो चलचित्र हो। साइन्स फिक्सन, फेन्टासी, एक्सन, एड्भेन्चर तथा एडप्सन शैलीको यो चलचित्र २ घन्टा १६  मिनेट लामो छ। सोनी पिक्चर्सले विश्वव्यापी वितरण गरेको यो चलचित्र अमेरिकामा निर्माण गरिएको हो। मार्क वेबद्वारा निर्देशित यो  चलचित्रमा एन्डि्रयू गाफिर्ल्ड, राइज इफान्स, एम्मा स्टोन, सेल्ली फिल्ड, मार्टिन शीन, डेनिस लेरी, क्रिस जिल्का, क्याम्पबेल स्कट, इरफान  खान आदि कलाकारले अभिनय गरेका छन्। इरफान खान बलिउडका कलाकार हुन्। चलचित्रमा एन्डि्रयूले पिटर पार्करका रूपमा  स्पाइडरम्यानको भूमिका निर्वाह गरेका छन्। यसअघिको श्रृंखलामा टोबे म्यागिर स्पाइडरम्यान बनेका थिए। यो चलचित्रको कथा एन्डि्रयूको  वरिपरि घुमेको छ। सानैमा बुवा-आमाबाट बिछोडिएका पिटरलाई उनका   काका-काकीले हुर्काउँछन्। आफू को हुँ र के बन्न चाहन्छु भन्ने  सोच्दा-सोच्दै उनको जीवनमा परिवर्तन आउँछ। आफूभित्र भएको एउटा अलौकिक शक्तिका कारण उनी माकुराको रूपधारण गर्न सक्ने हुन्छन्।  उक्त शक्तिको बलमा उनले गर्ने सकारात्मक क्रियाकलाप चलचित्रको रोमाञ्चक पाटो हो।

0 comments: