Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

विवाहित महिलाले पिउँछन् बढि रक्सी

विवाहपछि महिलाहरुलाई घरव्यवहारले चेँप्छ । त्यसकारण महिलाहरु बढि व्यवहारिक हुन्छन् र अल्लारे प्रवृत्ति छाड्छन् भन्ने हामी सबैको अनुमान हुनसक्छ । तर अरु विषयमा जे होला, रक्सी पिउने मामिलामा भने बिहे गरेपछि महिला झनै अल्लारे बन्छन् । पछिल्लोपटक गरिएको एक अध्ययनले विवाहपछि महिलाले बढि मदिरापान गर्ने देखाएको छ । अध्ययन अनुसार विवाहित महिलाले अविवाहित महिला तथा डिभोर्स गरेका महिलाले भन्दा बढि मदिरापान गर्छन् । तर पुरुषहरुको मामिलामा भने ठ्याक्कै उल्टो हुन्छ । अर्थात् विवाहपछि पुरुषहरुको रक्सी खाने दर केही घट्छ । वास्तवमा महिलाहरुले विहेपछि रक्सीको दर बढाउनुको कारण आफ्नो पार्टनरको दाँजोमा पुग्ने प्रयास गर्नु हो । उता विवाहित पुरुषले पनि कम रक्सी खाने आफ्नी पार्टनरको दाँजोमा पुग्न रक्सीपानको मात्रा घटाउँछ । अमेरिकाको सिन्सीनाटी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार डिभोर्सपछि भने पुरुषको रक्सी खाने दर ह्वात्तै बढ्छ । ‘जब दम्पतीले सँगै एक वा दुइवटा मदिराको बोतल खोलेर खान सुरु गर्छन्, त्यसबेला बुझ्नुपर्छ श्रीमतीले श्रीमानले भन्दा बढि रक्सी स्वात्तै पारिदिन्छिन्’, अध्ययनकर्ता एमीली रोविन्सनको भनाइ छ । स्मरण रहोस् यो अध्ययनको प्रतिवेदन अमेरिकन सोसियोलोजिकल एसोसिएसनमा प्रस्तुत गरिएको छ ।

0 comments: