
हिजोआज हरेक जसो मोबाइल फोनमा उपलब्ध ब्लुटुथ प्रविधि निकै अचम्मको नै छ । बिना खर्च, बिना तार वास्तवमा यसभित्र संसार नै साँघुरो भएजस्तो लाग्छ । गीत, भिडियो, फोटो होस् वा कुनै मोबाइल सˆटवेयर, सन्देश या मोबाइलमा राख्न मिल्ने जे सुकै जहाँ पनि पठाउन सकिन्छ । यसले बढ्दो व्यस्तताबीच पनि जीवनलाई अझै सहज पारिदिएको अनुभूति हुन्छ । डाटा एवम् भ्वाइसलाई समेत कलात्मक ढङ्गले खेलाउन सकिन्छ । मोबाइल खोल्टीमै रहँदा पनि ब्लुटुथ हेडसेटको प्रयोगले फोन गर्न, गीत सुन्न र साथीभाइको सार्नसमेत सकिन्छ । यति मात्र कहाँ हो र अलिक महँगा र सुविधा सम्पन्न मोबाइलबाट नजिकैको कम्प्युटरसँग जोडिएको जीपीआरएस, पि्रन्टर, ˆयाक्ससँग पनि सीधैँ जोडेर काम गर्न सकिन्छ ।
सामान्यतः
रेडियो तरङ्गका आधारमा काम गर्ने त्यो प्रविधि पहिलो जुन एक मिटरसम्म
मात्र काम गर्छ, दोस्रो १० मिटरसम्म र तेस्रो एक सय मिटर वा तीन सय फिटसम्म
काम गर्ने क्षमता राख्दछ । तपाइर्ं हामीले दिनहुँ जसो प्रयोग गर्ने
मोबाइलमा उपलब्ध हुने ब्लुटुथ दोस्रो अर्थात् दस मिटरभित्र मात्र काम गर्ने
खालका हुन्छन् ।
ब्लुटुथकै
कारण साथीहरूसँग एक आपसमा एउटै खेल आ-आˆनै मोबाइलमा खेल्न, फोटो,
गीत-सङ्गीत आदानप्रदान गर्न सहज भएको बताउँछन् मुगुका सोविन्द्र मल्ल ।
यसका यति धेरै राम्रा पक्षहरू छन् कि, नराम्रो भन्ने त केही छँदै छैन भन्दा
पनि हुन्छ । ब्लुटुथ खुल्लै राख्दा अघिपछि भन्दा व्याट्री अलिक छिटो
सकिन्छ जुन सहजै उतिखेरै रिचार्ज गर्न मिल्छ । यो निकै नै राम्रो कुरा हो
जसलाई तपाईं जुनसुकै सर्पोट गर्ने उपकरणमा प्रयोग गरी विज्ञान र प्रविधिले
दिएको यो फाइदा लिन सक्नुहुन्छ ।
0 comments:
Post a Comment