सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको सञ्चालक
समितिको बैठकले प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ, डिजेल/मटि्टतेलमा ४
रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाएको हो ।
निगम स्रोतले बढ्दो घाटा धान्न मूल्य बढाएको जनाएको छ । हाल निगमको मासिक
घाटा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ छ । यो वृद्धिसँगै काठमाडौं उपत्यकामा
प्रतिलिटर पेट्रोल १ सय २५ रुपैयाँ, डिजेल/मटि्टतेल ९७ रुपैयाँ र प्रति
सिलिन्डर ग्यास १ हजार
४ सय ७० रुपैयाँ पुगेको छ ।
0 comments:
Post a Comment