Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

आफ्नो ल्यापटपको battery लामो समय सम्म टिकाउनको लागि केही टिप्स

१) धेरै जसो ल्यापटपहरुमा स्क्रिनको लाईट डिम गर्ने सुबिधा रहेको हुन्छ, यदि तपाईंको ल्यापटपमा यो सुबिधा छ र आफ्नो ल्यापटपको battery लाई लामो समय टिकाउन चाहनु हुन्छ भने स्क्रिनलाई डिम गरेर राख्नुहोस् ।
२) ITunes, डेस्क्टप सर्च जस्ता प्रोग्रामले CPU को लोड बढाउने काम गर्छ जसको कारण battery धेरै खपत हुन्छ त्यसैले यदि तपाईं battery मा काम गर्दै हुनु हुन्छ भने यस्ता प्रोग्रामहरु सके सम्म नचलाउनुहोस् ।
३) USB डिभाइस, WiFi आदीले पनि battery धेरै खपत गरी रहेका हुन्छन त्यसैले यदि यि प्रोग्रामको प्रयोग भई रहेको छैन भने यसलाई हटाएर शटडाउन गरेर राख्ने गर्नुहोस् । यदि तपाईं आईपड लाई ल्यापटपबाट charge गर्दै हुनुहुन्छ भने battery को life प्रभाबित हुन्छ यो कुरा याद राख्नुहोस् ।
४) सि.डि वा डि.भि.डि ल्यापटपमा जब प्रयोग गर्नु हुन्छ तब धेरै power खपत हुने गर्छ । यदि तपाईंले यसको प्रयोग गर्नु भएको छैन तर सि.डि रोम मा सि.डि राखी नै राख्नु भएको छ भने पनि power खपत भई नै रहेको हुन्छ त्यसैले रोम भित्र सि.डि राखीनराख्नुहोस् ।
५) battery को मेटल connect बेला बेलामा सफा गरीरहनु होस् , लगभग १ / १ महिनामा , यसले battery बाट power ट्रान्स्फर रामो सँग हुन्छ ।
६) battery लाई एक पल्ट फुल charge गरीसकेपछि त्यसलाई लामो समय सम्म use नगरिकन छाड्ने नगरनुहोस्, एक पल्ट चार्ज गरी सके पछि कमसेकम हप्तामा १ चोटि भए पनि use गर्ने गर्नुहोस् । त्यस्तै battery लाई लामो समय सम्म discharge पनि छोड्ने नगरनुहोस् ।
७) ल्यापटपलाई स्ट्यान्डबाइ mode मा हैन हाइबर्नेट mode मा राख्ने गर्नुहोस् । ल्यापटपलाई स्ट्यान्डबाइ mode मा राख्दा power त बच्छ तर हाइबर्नेटमा जस्तो बच्दैन ।
८) यदि तपाईं battery बाट ल्यापटपमा काम गर्दै हुनु हुन्छ भने एक पटकमा एउटै मात्र काम गर्ने गर्नुहोस् , तपाईं कुनै काम गर्दै हुनु हुँदैछ त्यही बेला गीत पनि सुन्दै हुनु हुँदैछ र आफ्नो ईमेल पनि चेक गर्दै हुनु हुँदैछ भने यो याद राखुहोस् कि तपाईंले आफ्नो battery लाई ज्यादा भार दिदै हुनु हुँदैछ ।
९) यदि तपाईं ल्यापटपमा game खेल्दै हुनुहुन्छ त्यसमाथी सि.डि रोममा सि.डि राखेर भने तपाईंको battery धेरै बेर सम्म टिक्ने वाला छैन ।
१०) त्यसो त आजकाल नयाँ नयाँ टेक्नोलोजी आउँदै छ त्यस्तै नयाँ नयाँ battery हरु पनि , दिन भरी टिक्ने battery हरु पनि उपलब्ध भईसकेका छन त्यसैले नयाँ ल्यापटप किन्दै हुनु हुन्छ भने यो कुराको पनि याद राख्नुहोस् ।

एउटा मोबाइलबाट अर्कोमा कसरी सार्ने नम्बर ?

आजकल धेरैलाई एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन नम्बरहरु सार्नुपर्छ । तर, मोबाइलबाट मोबाइलमा नम्बर सार्नु त्यति सजिलो छैन । अधिकांशले एक-एक गर्दै फोन नम्बरहरु सेभ गर्छन, जुन निकै लामो समय लाग्छ । आज हामी तपाईलाई एक मोबाइलमा रहेको फोन नम्बरहरु अर्को मोबाइलमा सार्ने सजिलो तरिका सिकाउँदैछौं । यदि तपाईको नम्बरहरुको लिस्ट निकै सानो छ भने सिम कार्डको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाई आफ्नो फोनमा रहेका सबै नम्बरहरुलाई सिममा सेभ गर्नुहोस् । त्यसपछि त्यस सिमलाई अर्को मोबाइलमा हाल्नुहोस र नम्बरहरुलाई सेभ गर्नुहोस् ।
 १. सबैभन्दा पहिले कन्ट्याक्ट अपरेसनमा गएर मुभ कन्ट्याक्ट अप्सन रोन्नुहोस् ।
२. यदि तपाई आफ्नो मोबाइल सेटमा सिममा सेभ गर्न चाहनुहुन्छ भने कपी कन्ट्याक्ट अप्सन छान्नुहोस् ।
३. त्यसपछि फोन टु सिम अप्सनमा क्लिक गर्नुहोस् ।
४. जब तपाई फोन टु सिम अप्सनमा क्लिक गर्नुहुन्छ, तपाईको मोबाइलमा रहेका फोन नम्बरहरु छन् त्यसको जानकारी दिन्छ । ओके अपसन छानेपछि मोबाइलमा रहेका सबै नम्बरहरु तपाईको सिममा सेभ हुन्छन् । यखि तपाईको धेरै नम्बरहरु छन् र पहिलो तरिकाबाट नम्बरहरु एक मोबाइलबाट अर्को मोबाइलमा लैजान सकिएन भने कम्प्युटरबाट गर्न सकिन्छ । त्यसका लागि तपाईले सबैभन्दा पहिले आफ्नो पीसीमा नोकिया ओवीआई पीसी सूट इन्स्टल गर्नुपर्छ । नोकिया पीसी सूटबाट तपाई नोकियाको सेटमा रहेका नम्बरहरु ब्लाकबेरी र अन्य कुनै फोनमा सार्न सक्नुहुनेछ । यदि तपाई ब्लाकबेरी प्रयोग गर्नुहुन्छ भने ब्लाकबेरी डेस्कटप म्यानेजरबाट पनि नम्बरहरु सार्न सक्नुहुनेछ ।
१. सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा नोकिया पीसी सूट इन्स्टल गर्नुहोस् ।
२. अब डाटा केबलको मदतबाट फोनको पीसीमा तपाईले केहीबेर अघि इन्स्टल गरेको पीसी सूटलाई कनेन्ट गर्नुहोस् ।
३. जब पीसी सूटसँग तपाईको फोन कनेक्ट हुन्छ, तपाईको सबै नम्बरहरु स्वत पीसी सूटमा आउँछ ।
४. अब उक्त फोनलाई पीसी सूटबाट हटाएर अर्को फोन कनेक्ट गर्नुहोस् र पीसी सूटमा सेभ भएका सबै नम्बरहरु कपी गर्नुहोस् ।

ब्लुटुथ


हिजोआज हरेक जसो मोबाइल फोनमा उपलब्ध ब्लुटुथ प्रविधि निकै अचम्मको नै छ । बिना खर्च, बिना तार वास्तवमा यसभित्र संसार नै साँघुरो भएजस्तो लाग्छ । गीत, भिडियो, फोटो होस् वा कुनै मोबाइल सˆटवेयर, सन्देश या मोबाइलमा राख्न मिल्ने जे सुकै जहाँ पनि पठाउन सकिन्छ । यसले बढ्दो व्यस्तताबीच पनि जीवनलाई अझै सहज पारिदिएको अनुभूति हुन्छ । डाटा एवम् भ्वाइसलाई समेत कलात्मक ढङ्गले खेलाउन सकिन्छ । मोबाइल खोल्टीमै रहँदा पनि ब्लुटुथ हेडसेटको प्रयोगले फोन गर्न, गीत सुन्न र साथीभाइको सार्नसमेत सकिन्छ । यति मात्र कहाँ हो र अलिक महँगा र सुविधा सम्पन्न मोबाइलबाट नजिकैको कम्प्युटरसँग जोडिएको जीपीआरएस, पि्रन्टर, ˆयाक्ससँग पनि सीधैँ जोडेर काम गर्न सकिन्छ ।
सामान्यतः रेडियो तरङ्गका आधारमा काम गर्ने त्यो प्रविधि पहिलो जुन एक मिटरसम्म मात्र काम गर्छ, दोस्रो १० मिटरसम्म र तेस्रो एक सय मिटर वा तीन सय फिटसम्म काम गर्ने क्षमता राख्दछ । तपाइर्ं हामीले दिनहुँ जसो प्रयोग गर्ने मोबाइलमा उपलब्ध हुने ब्लुटुथ दोस्रो अर्थात् दस मिटरभित्र मात्र काम गर्ने खालका हुन्छन् ।
यसको प्रयोग हिजोआज यति बढेको छ कि, मोबाइलमा मात्र सीमित नभई ल्यापटप, म्युजिक प्लेयर, हेडसेट, गाडी पि्रन्टर जस्ता दैनिक प्रयोग भइरहने उपकरणहरूमा समेत सुरुदेखि नै उपलब्ध हुन्छन् । विज्ञान प्रविधि र इन्जिनियरिङ क्षेत्रमा भएको विकासले हिजोआज एउटा यस्तो मोबाइल सˆटवेयर बनाएको छ कि एकपटक स्वीकृति दिएपछि अर्को मोबाइलबाटै त्यसको सबै कुरा चलाउन यहाँसम्मको उसको ब्यालेन्सबाट फोनसमेत गर्न मिल्छ । खासै धेरै कुरा जान्नु नपर्ने र एकदमै सहज तरिकाले प्रयोग गर्न सकिने यो प्रविधि उपयोग गर्दा कसैलाई एक पैसा तिर्नु पर्दैन । झन् झटिला तारहरू नहुनु, कही कतै जोड्न नपर्नु यसका थप विशेषता हुन्, जसका कारण आˆना उपकरणमा घर बाहिर हुँदासमेत इन्टरनेटको सुविधा लिन सकिन्छ । यो हेर्दा सहज र सर्वसुलभ भए पनि आˆना सूचना सामग्रीहरू त्यति नै सुरक्षित ढङ्गले आदान-प्रदान हुने कुरामा विश्वस्त हुनुहोस् किनकि तपाईंको स्वीकृति बिना कुनै पनि कुरा ट्रान्सफर हुँदैनन् ।
ब्लुटुथकै कारण साथीहरूसँग एक आपसमा एउटै खेल आ-आˆनै मोबाइलमा खेल्न, फोटो, गीत-सङ्गीत आदानप्रदान गर्न सहज भएको बताउँछन् मुगुका सोविन्द्र मल्ल । यसका यति धेरै राम्रा पक्षहरू छन् कि, नराम्रो भन्ने त केही छँदै छैन भन्दा पनि हुन्छ । ब्लुटुथ खुल्लै राख्दा अघिपछि भन्दा व्याट्री अलिक छिटो सकिन्छ जुन सहजै उतिखेरै रिचार्ज गर्न मिल्छ । यो निकै नै राम्रो कुरा हो जसलाई तपाईं जुनसुकै सर्पोट गर्ने उपकरणमा प्रयोग गरी विज्ञान र प्रविधिले दिएको यो फाइदा लिन सक्नुहुन्छ ।

विवाहित महिलाले पिउँछन् बढि रक्सी

विवाहपछि महिलाहरुलाई घरव्यवहारले चेँप्छ । त्यसकारण महिलाहरु बढि व्यवहारिक हुन्छन् र अल्लारे प्रवृत्ति छाड्छन् भन्ने हामी सबैको अनुमान हुनसक्छ । तर अरु विषयमा जे होला, रक्सी पिउने मामिलामा भने बिहे गरेपछि महिला झनै अल्लारे बन्छन् । पछिल्लोपटक गरिएको एक अध्ययनले विवाहपछि महिलाले बढि मदिरापान गर्ने देखाएको छ । अध्ययन अनुसार विवाहित महिलाले अविवाहित महिला तथा डिभोर्स गरेका महिलाले भन्दा बढि मदिरापान गर्छन् । तर पुरुषहरुको मामिलामा भने ठ्याक्कै उल्टो हुन्छ । अर्थात् विवाहपछि पुरुषहरुको रक्सी खाने दर केही घट्छ । वास्तवमा महिलाहरुले विहेपछि रक्सीको दर बढाउनुको कारण आफ्नो पार्टनरको दाँजोमा पुग्ने प्रयास गर्नु हो । उता विवाहित पुरुषले पनि कम रक्सी खाने आफ्नी पार्टनरको दाँजोमा पुग्न रक्सीपानको मात्रा घटाउँछ । अमेरिकाको सिन्सीनाटी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार डिभोर्सपछि भने पुरुषको रक्सी खाने दर ह्वात्तै बढ्छ । ‘जब दम्पतीले सँगै एक वा दुइवटा मदिराको बोतल खोलेर खान सुरु गर्छन्, त्यसबेला बुझ्नुपर्छ श्रीमतीले श्रीमानले भन्दा बढि रक्सी स्वात्तै पारिदिन्छिन्’, अध्ययनकर्ता एमीली रोविन्सनको भनाइ छ । स्मरण रहोस् यो अध्ययनको प्रतिवेदन अमेरिकन सोसियोलोजिकल एसोसिएसनमा प्रस्तुत गरिएको छ ।

अब हात बाट नै हुन्छ तपाई को मोबाइल चार्ज

Xperia X10i

तपाइको मोबाइलको ब्याट्री लो भयो ? चार्ज गर्न बिजुली छैन ? चिन्ता न लिनु होस् ! केवल मोबाइल लाई आफ्नो हातमा राख्नुहोस , अनि केहि बेरमै मोबाइल चार्ज हुन थाल्छ | साइन्टिस्ट हरुले एस्तो प्रबिधिको विकास गरेको दाबा गरेका छन् जसले शारीरको गर्मिलाई करेन्टमा कन्बर्ट गर्छ |

मिडिया रिपोर्टका आनुसार , यो अनौठो खोज अमेरिकाको वेक फरेस्ट यूनिवर्सिटी को सेंटर फर नैनोटेक्नोलोजी एंड मोलिक्लुएर्स मिटीरियल्स को प्रोफेसर डेभिड क्यारोल र ग्रेजुयेट कोरे हेविट ले गरेका हुन् | क्यारोल का अनुसार , यसमा कम खर्च मै बिजुली बनाउने अनौठो तरिका हुन्छ | यो टेक्नोलोजी ज्यादा खर्चिलो पनि हुने छैन |
 
कसरी काम गर्छ ?
रिसर्च टिमका अनुसार , शारीरको गर्मि लाई बिजुली मा बदल्न का लागि नैनोटेक्नोलोजी को मदत बाट एकदमै पातलो कार्बन ट्युब लाई प्लास्टिक मा राखिने छ र एस्लाई कपडा जस्तै बनाइने छ | बैज्ञानिक हरुले यसलाई “पावर फेल्ट” नाम दिएका छन् |

भक्तपूर सडक महोत्सव २०६९



महोत्सवका मुख्य आकर्षणहरुः
जिल्लामा उत्पादित हस्तकला, लघु उद्यम एवं औद्योगिक उत्पादनहरुको प्रर्दशनी । हस्तकला उत्पादनमा प्रत्यक्ष सीप प्रदर्शनी परम्परागत सांस्कृतिक कार्यक्रमको प्रस्तुती ।
नेवारी खानाका स्टलहरु, चित्रकला प्रदर्शनी, थान्का प्रदर्शनी, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, विद्युतीय सामानहरुमा विशेष छुटका कुपनहरु, दही महोत्सव, रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, धार्मिक भजन किर्तन, धिमे प्रतियोगिता, बासुरी प्रतियोगिता र अन्य विविध ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Petrol-Price        सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ, डिजेल/मटि्टतेलमा ४ रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाएको हो ।
        निगम स्रोतले बढ्दो घाटा धान्न मूल्य बढाएको जनाएको छ । हाल निगमको मासिक घाटा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ छ । यो वृद्धिसँगै काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय २५ रुपैयाँ, डिजेल/मटि्टतेल ९७ रुपैयाँ र प्रति सिलिन्डर ग्यास १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।