Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

आज वर्षकै सबैभन्दा छोटो दिन

काठमाडौ, पुस ६ – आज २१ डिसेम्बर । सामान्यत : आजको दिन पृथ्वीमा दक्षिणी गोलार्धमा दिन लामो र उत्तरी गोलार्धमा दिन छोटो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन १० घण्टा २३ मिनेटको हुनेछ । यो वर्षकै सबैभन्दा छोटो दिन हो ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले शुक्रबार दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ । अन्तर्राष्ट्रिय समय अनुसार छोटो दिन डिसेम्बर २१ या २२ तारिख मध्ये कुनै एक दिनपर्छ ।

दिन छोटो भएसंगै आजदेखि औपचारिक रुपमा जाडो सुरु भएको मानिने नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराईले बताउनुभयो ।

लाङटाङमा ज्वालामुखि विष्फोट

रसुवाको लाङटाङ हिमाल क्षेत्रमा ज्वालामुखी विष्फोट भएको छ। बिहान साढेँ दस बजे एक्कासि धुँवा र ‍आगोको ज्वालासहित ज्वालामुखि विष्फोट भएको थियो। धुँवाको मुस्लो देखिएपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका सेनाको गणले त्यसबारे सैनिक मुख्यालयलाई जानकारी गराएको थियो।

ज्वालामुखी विष्फोट लाङटाङ हिमालाबट चार किलोमिटर उत्तरपूर्वमा रहेको जनाइएको छ। विष्फोट स्थलबाट नजिक रहेका गाउँ लिङलिङ शेर्पा गाउँ र वृद्धिङ एक दिन टाढाको दूरीमा रहेको छ।

घटनाको स्थलको यथार्थ बुझ्न सेनाको हेलिकप्टर त्यसतर्फ गएको सैनिक प्रवक्ता सु
रेश शर्माले बताए। 


 
File Photo ::

शनिको उपग्रहमा पनि ‘नाइल नदी’

शनिको उपग्रहमा पनि ‘नाइल नदी’

जिवको अस्तित्व सम्भव रहेको भनिएको शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह टाइटनमा पृथ्वीको सबैभन्दा लामो नदि नाइल जस्तै नदी फेला परेको छ । यद्यपि यो नदीमा पानी होइन तरल हाइड्रोकार्वन रसायन बगिरहेको छ । वैज्ञानिकहरुले टाइटनको यो नदीलाई पृथ्वीको नाइलको जुम्लाहा को संज्ञा पनि दिएका छन् ।

नासाको अन्तरीक्षयान क्यासिनीले टाइटनमा २५० माइल लामो नदी तथा त्यसको आसपासको विशाल उपत्यकाको स्पष्ट तस्वीर खिच्न सफल भएको छ ।
वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेक ब्रम्हाण्डका अरु पिण्डहरुमा यस्तो नदी देखिएको यो पहिलोपटक हो । यो नदी टाइटनको उत्तरी ध्रुविय क्षेत्र पार गर्दै उत्तरी अक्षांसका तिन ठूला समुद्रमध्येको एक लिगेइया मेरमा गएर मिसिने बताइएको छ ।
चन्द्रमा भन्दा ८० प्रतिशत ठूलो टाइटनमा बाक्लो वायुमण्डल रहेको बताइन्छ । उक्त बायुमण्डलमा इथेन र मिथेनको मात्रा अत्यधिक छ । जिवको अस्तित्व सम्भव रहेको भनिएको शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह टाइटनमा पृथ्वीको सबैभन्दा लामो नदि नाइल जस्तै नदी फेला परेको छ । यद्यपि यो नदीमा पानी होइन तरल हाइड्रोकार्वन रसायन बगिरहेको छ । वैज्ञानिकहरुले टाइटनको यो नदीलाई पृथ्वीको नाइलको जुम्लाहा को संज्ञा पनि दिएका छन् ।

नासाको अन्तरीक्षयान क्यासिनीले टाइटनमा २५० माइल लामो नदी तथा त्यसको आसपासको विशाल उपत्यकाको स्पष्ट तस्वीर खिच्न सफल भएको छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेक ब्रम्हाण्डका अरु पिण्डहरुमा यस्तो नदी देखिएको यो पहिलोपटक हो । यो नदी टाइटनको उत्तरी ध्रुविय क्षेत्र पार गर्दै उत्तरी अक्षांसका तिन ठूला समुद्रमध्येको एक लिगेइया मेरमा गएर मिसिने बताइएको छ ।

चन्द्रमा भन्दा ८० प्रतिशत ठूलो टाइटनमा बाक्लो वायुमण्डल रहेको बताइन्छ । उक्त बायुमण्डलमा इथेन र मिथेनको मात्रा अत्यधिक छ ।

माछाको तेलले मानिसलाई जवान बनाउँछ

माछाको तेलले मानिसलाई जवान बनाउँछ
एजेन्सी, नियमित रुपमा माछाको तेल सेवनसँगसँगै ब्यायाम गरेको खण्डमा बास्तविक उमेर भन्दा निकै जवान देख्न सकिने एक अध्ययनले देखाएको छ । बेलायती बैज्ञानिकहरुको टोलीले ब्रिटिश साइन्स फेस्टिबलमा हालै प्रकाशित गरेको शोधको नतीजामा दैनिक रुपमा माछा वा माछाको तेल सेवन गर्ने जो कोहीको मांशपेशी मजबुत हुनुका साथै शरीरलाई तन्दुरुस्त राख्ने जनाईएको छ ।

माछा र माछाको तेलमा पाइने ओमेगा ३ फैटी एसिडका कारण मानिसको मांशपेशी मजबुत गर्नुका साथै रोगसँग लड्ने क्षमता पनि बृद्धि गर्दछ ।

मानिस ५० वर्षको उमेरबाट माथि लागेपछि उसको मांशपेशी वार्षिक २ प्रतिशतको दरले खुम्चन सक्छ । तर माछाका तेलमा पाईने ओमेगा ३ फैटी एसीडले मानव स्वास्थ्यको माशंपेशीमा आउने वृद्धपना घटाउने अध्ययनले देखाएको छ ।

यसको नियमित सेवन गर्नाले मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि घटाँउने दावी वैज्ञानिकहरुको छ ।

Capture from my mobile


Photo : Laxman

MC_Training 2069 @ Bhasasewi Sakos







आज विवाह पञ्चमी महोत्सव मनाइदै

जनकपुरधाम,पुष २ । आज मार्ग शुक्ल पक्षको पञ्चमी तिथि राम र सीताको स्वयंम्वर भएको विश्वासमा विवाह पञ्चमी महोत्सव मनाइदैछ । विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दिउँसो १ बजेपछि जनकपुरको रंगभुमि मैदान बाह्र विगाहामा दुलही पक्ष जानकी मंदिरका महन्थ रामतपेश्वर दास बैष्णवले माता सीताको डोलासहित बाह्र बिगाह आउने कार्यक्रम छ । यस्तै दुलाहा पक्ष अयोध्याबाट राममन्दिरका महन्थ भगवान रामलाई डोलामा राखि स्यम्बरका लागि आउने कार्यक्रम छ । विवाहसमारोहपछि संयुक्त रुपमा शोभा यात्राका साथ जनकपुरको नगरपरिक्रममा गर्दै जानकी मन्दिरमा पुग्ने कार्यक्रम छ । पहिले महोत्सव तिरहुतियागाछीमा मनाइन्थ्यो भने एक दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रम सहित मनाउने गरिएको छ । यता राम र जानकी मन्दिरलाई आकर्षक रुपमा सजाइएको छ । स्थानिय धनुष सागर र गंगासागरमा स्नान गरी रामसीताको पूजाअर्चना गर्न र विवाह महोत्सव हेर्नका लागि नेपाल, भारत तथा अरु विभिन्न देशहरुबाट आएका दर्शनार्थीको घँइचो लागेको छ ।