जनकपुरधाम,पुष २ । आज मार्ग शुक्ल पक्षको पञ्चमी तिथि राम र सीताको 
स्वयंम्वर भएको विश्वासमा विवाह पञ्चमी महोत्सव मनाइदैछ । विवाह पञ्चमी 
महोत्सव अन्तर्गत आज दिउँसो १ बजेपछि जनकपुरको रंगभुमि मैदान बाह्र 
विगाहामा दुलही पक्ष जानकी मंदिरका महन्थ रामतपेश्वर दास बैष्णवले माता 
सीताको डोलासहित बाह्र बिगाह आउने कार्यक्रम छ । यस्तै दुलाहा पक्ष 
अयोध्याबाट राममन्दिरका महन्थ भगवान रामलाई डोलामा राखि स्यम्बरका लागि 
आउने कार्यक्रम छ । विवाहसमारोहपछि संयुक्त रुपमा शोभा यात्राका साथ 
जनकपुरको नगरपरिक्रममा गर्दै जानकी मन्दिरमा पुग्ने कार्यक्रम छ । पहिले 
महोत्सव तिरहुतियागाछीमा मनाइन्थ्यो भने एक दशकदेखि रङ्गभूमिमा विशेष 
कार्यक्रम सहित मनाउने गरिएको छ । यता राम र जानकी मन्दिरलाई आकर्षक रुपमा 
सजाइएको छ । स्थानिय धनुष सागर र गंगासागरमा स्नान गरी रामसीताको 
पूजाअर्चना गर्न र विवाह महोत्सव हेर्नका लागि नेपाल, भारत तथा अरु विभिन्न
 देशहरुबाट आएका दर्शनार्थीको घँइचो लागेको छ ।
 
 
 
 
 
          
      
 
  
 
 
 
0 comments:
Post a Comment