Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

माछाको तेलले मानिसलाई जवान बनाउँछ

माछाको तेलले मानिसलाई जवान बनाउँछ
एजेन्सी, नियमित रुपमा माछाको तेल सेवनसँगसँगै ब्यायाम गरेको खण्डमा बास्तविक उमेर भन्दा निकै जवान देख्न सकिने एक अध्ययनले देखाएको छ । बेलायती बैज्ञानिकहरुको टोलीले ब्रिटिश साइन्स फेस्टिबलमा हालै प्रकाशित गरेको शोधको नतीजामा दैनिक रुपमा माछा वा माछाको तेल सेवन गर्ने जो कोहीको मांशपेशी मजबुत हुनुका साथै शरीरलाई तन्दुरुस्त राख्ने जनाईएको छ ।

माछा र माछाको तेलमा पाइने ओमेगा ३ फैटी एसिडका कारण मानिसको मांशपेशी मजबुत गर्नुका साथै रोगसँग लड्ने क्षमता पनि बृद्धि गर्दछ ।

मानिस ५० वर्षको उमेरबाट माथि लागेपछि उसको मांशपेशी वार्षिक २ प्रतिशतको दरले खुम्चन सक्छ । तर माछाका तेलमा पाईने ओमेगा ३ फैटी एसीडले मानव स्वास्थ्यको माशंपेशीमा आउने वृद्धपना घटाउने अध्ययनले देखाएको छ ।

यसको नियमित सेवन गर्नाले मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि घटाँउने दावी वैज्ञानिकहरुको छ ।

0 comments: