जिवको अस्तित्व सम्भव रहेको भनिएको शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह
टाइटनमा पृथ्वीको सबैभन्दा लामो नदि नाइल जस्तै नदी फेला परेको छ । यद्यपि
यो नदीमा पानी होइन तरल हाइड्रोकार्वन रसायन बगिरहेको छ । वैज्ञानिकहरुले
टाइटनको यो नदीलाई पृथ्वीको नाइलको जुम्लाहा को संज्ञा पनि दिएका छन् ।
नासाको अन्तरीक्षयान क्यासिनीले टाइटनमा २५० माइल लामो नदी तथा त्यसको आसपासको विशाल उपत्यकाको स्पष्ट तस्वीर खिच्न सफल भएको छ ।
वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेक ब्रम्हाण्डका अरु पिण्डहरुमा यस्तो
नदी देखिएको यो पहिलोपटक हो । यो नदी टाइटनको उत्तरी ध्रुविय क्षेत्र पार
गर्दै उत्तरी अक्षांसका तिन ठूला समुद्रमध्येको एक लिगेइया मेरमा गएर
मिसिने बताइएको छ ।
चन्द्रमा भन्दा ८० प्रतिशत ठूलो टाइटनमा बाक्लो वायुमण्डल रहेको बताइन्छ । उक्त बायुमण्डलमा इथेन र मिथेनको मात्रा अत्यधिक छ ।
नासाको अन्तरीक्षयान क्यासिनीले टाइटनमा २५० माइल लामो नदी तथा त्यसको आसपासको विशाल उपत्यकाको स्पष्ट तस्वीर खिच्न सफल भएको छ ।
वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेक ब्रम्हाण्डका अरु पिण्डहरुमा यस्तो नदी देखिएको यो पहिलोपटक हो । यो नदी टाइटनको उत्तरी ध्रुविय क्षेत्र पार गर्दै उत्तरी अक्षांसका तिन ठूला समुद्रमध्येको एक लिगेइया मेरमा गएर मिसिने बताइएको छ ।
चन्द्रमा भन्दा ८० प्रतिशत ठूलो टाइटनमा बाक्लो वायुमण्डल रहेको बताइन्छ । उक्त बायुमण्डलमा इथेन र मिथेनको मात्रा अत्यधिक छ ।
0 comments:
Post a Comment