Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

पुतलीले बिगार्छ आँखा

तपाईंका नानीहरू चिमको उज्यालोमा मडारिने पुतलीसँग जिस्किन्छन् ? त्यसो भए उनीहरूलाई राति देखिने पुतली -टसक मथ) सँगबाट जोगाउनुस् । आँखा सुकेर ज्योति गुम्ने रोग अर्थात् सिजनल हाइपर एक्युट पान युभिआइटिस -सापु) हुनुको कारण यस्तै पुतलीसँगको चलखेल रहेको नेत्र चिकित्सकहरू बताउँछन् । यो मौसम सापुको हो भन्दै उनीहरूले राति देखिने पुतलीसँग नजिकिनबाट बालबालिकालाई जोगाउन सावधानी गराएका छन् । यस्तै पुतलीसँग चलखेलको विगत भएका २२ जना दृष्टि नै गुम्नसक्ने संक्रमणमा परेर तीन सातायता तिलगंगा आँखा अस्पतालमा भर्ना भएका छन् । तीमध्ये तीन जना शुक्रबारमात्रै त्यहाँ पुगेका हुन् । भर्ना भएमध्ये हालसम्म आठ जनाका आँखाले मात्र तीव्र प्रकाशको संवेदना अनुभव गर्छन् । अर्थात्, उनीहरूका लागि दृष्टि गुमे जस्तै भएको छ । सापु रोग एक वर्ष बिराएर असोजदेखि मंसिरसम्म नेपालमा देखा पर्नेगरेको छ । दुई वर्षअघि सापुका २४ वटा केस देखिएका थिए । तिलगंगा अस्पतालका अनुसार तीमध्ये ११ जनाको दृष्टिमा सुधार देखिएको थियो । १३ जनाले आँखाको ज्योति सधैंका लागि गुमाए ।
'सापुका धेरैजसो बिरामी ३ देखि १० वर्षसम्मका बालबालिका छन्,' तिलगंगाकी युभिआइटिस विशेषज्ञ र सापुबारे अध्ययनरत डा. अनु मानन्धरले भनिन्, 'रोग लाग्नेबित्तिकै आउनेहरूमा उपचार परिणाम राम्रो पाएका छौं, उनीहरूको दृष्टि पूर्णरूपमा गुम्नबाट जोगिएको छ ।' उनका अनुसार हाल यस्ता केसमा नयँू एन्टिभाइरल उपचार पनि थपिएको छ । एउटा आँखामा मात्र देखिने र संक्रमणको २४ घन्टाभित्रै दृष्टि गुम्नसक्ने खतरा हुने यो रोग नेपालमा मात्रै पाइएको छ । संक्रमित हुनेहरू ११ महिनादेखि ६६ वर्षसम्मका छन् । तिलगंगामा भर्ना भएकाहरू काठमाडौं, सिन्धुपालचोक, धादिङ, काभ्रे, दैलेख, मकवानपुर, दोलखा, रोल्पालगायतका छन् । तत्काल उपचार गरिँदासमेत ढिलो गरी अस्पताल पुगेका संक्रमितको पूर्ण दृष्टि हालसम्म फर्काउन सकिएको छैन । आँखा रातो हुनु, दुख्नु, डिलहरू सुन्निनु, दृष्टिमा कमी, आँखाको नानीको तल्लो भागमा पीप देखिनु र संक्रमणको २४ घन्टापछि ज्योति गुम्न थाल्नु यो रोगका प्रमुख लक्षण हुन् । यो रोग लागेपछि आँखाको भित्री भागमा संक्रमण भएर पिप भरिन्छ । 'राति देखिने पुतलीको सम्पर्कबाट जोगिनु सापुबाट बच्ने सबैभन्दा राम्रो उपाय हो,' तिलगंगाका मेडिकल डाइरेक्टर डा. सान्दुक रुइटले भने, 'पहिलो संक्रमणपछि पनि दृष्टि बचाउन गार्‍हो छ ।' उनका अनुसार शंका लागे तुरुन्त नजिकको आँखा केन्द्रमा गइहाल्नुपर्छ । सापु रोग वा इन्डोफ्थाल्माटस यस्ता पुतलीको पखेटामा भएको सिसाको धूलो जस्तै कण आँखामा गएपछि हुने धेरै जसो नेत्र चिकित्सकको धारणा छ । 'सर्लाहीबाट आएका ६६ वषर्ीय रोगीको आँखाभरि झुस थियो,' डा. मानन्धरले सुनाइन्, 'अर्को केसमा रोगीले पुतलीसँग सम्पर्क भएको विगत नबताए पनि उनको आँखाको नानीमा पुतलीको झुस देखियो ।' तिलगंगा पुर्‍याइएका ११ महिने शिशुको छेउमै मरेको पुतली भेटिएको थियो । 'गाउँमा राति देखिने थुप्रै पुतली भए पनि म सम्पर्कमा परें/परिनँ, थाहा छैन,' तिलगंगामै उपचाररत रामेछाप खनियावानी गाविसकी दुर्गा मानन्धरले कान्तिपुरसँग भनिन् । तर उनको संक्रमित आँखामा पनि पुतलीको झुस देखिएको थियो । हाल आँखा पाक्ने रोग -कन्जङटिवाइटिस) पनि देख्ने गरिएको र यसको लक्षण सापु जस्तै हुने भएकाले पीडितले तुरुन्त नेत्र चिकित्सकको सल्लाह लिन आवश्यक रहेको डा. मानन्धरले बताइन् । यो रोगको निदान अन्तर्गत छिटोभन्दा छिटो शल्यक्रिया गरिए आँखाको ज्योति आंशिक रूपमा फर्किन्छ । उपचार नभए केही दिनमै बिरामी अन्धो हुन्छन् । ३२ वर्षअघि यस्तै पुतलीसँग प्रत्यक्ष सम्पर्कमा रहेका पोखराका १३ जनाको त्यसको ६ साताभित्रै एकतिरको ज्योति गुमेको थियो । तीमध्ये ९ जना १० वर्षमुनिका थिए । त्यसताका वषर्ायामको अन्ततिर पोखरामा ६ सातासम्म राति देखिने सेतो पुतलीको संख्यामा असाध्यै वृद्घ िभएको थियो । त्यसताका पोखराका ती रोगीको उपचारमा संलग्न नेत्र रोग विशेषज्ञ प्राडा ओमकृष्ण मल्लले भने, 'त्यति बेला पीडित नानीहरू पुतलीको सम्पर्कमा आएका थिए ।' हाल काठमाडौं मेडिकल कलेजमा नेत्र रोग विभागका प्रमुख रहेका मल्लका अनुसार सापु रोग पुतलीसँगै सम्बन्धित र एलर्जी वा रियाक्सन जस्तै रहेको बताए । 'संक्रमण देखिएको एक घन्टाभित्रै रेटिना शल्यचिकित्सकलाई देखाउनुपर्छ,' उनले भने, 'तर यस्तो सुविधा विराटनगर, भैरहवा र काठमाडौंमा मात्र उपलब्ध छ ।' स्वास्थ्य मन्त्रालयद्वारा सन १९७८ मा आयोजित अन्धोपन निवारणसम्बन्धी पहिलो राष्ट्रिय गोष्ठिमा समेत डा. मल्लले सापु रोगबारे कार्यपत्र प्रस्तुत गरेका थिए, जसमा राति देखिने पुतली नै यसको कारण रहेको उल्लेख छ । पुतली र सापु रोगबीचको सम्बध कोट्याउन स्वदेश र विदेशमा समेत प्रशस्त अध्ययन भएका छन् । तर तिनले यो रोगको कारण पुतली हो/होइन, किटान गर्नसकेका छैनन् । तर नेपालमै भएका थप अध्ययनहरूमा भने सापुको सम्बन्ध राति देखिने पुतलीसँगै रहेको ठोकुवा गरिएको छ । काठमाडौं विश्वविद्यालयको मेडिकल जर्नलमा करिब ६ वर्षअघि प्रकाशित डा. आरएन बैन्जु, एससी राई, डा. ई प्रधान र वाइडी सापकोटाको अनुसन्धान पत्रमा प्रयोगशालामा प्रमाणित नभए पनि सापु रोग राति देखिने पुतलीको संख्यामा वृद्घ िभए लगतै पाइने गरेको उल्लेख छ । उक्त अनुसन्धानपत्रमा सम्बन्धित रोगी कुनै न कुनै प्रकारले राति देखिने पुतलीको सम्पर्कमा रहेको उल्लेख गर्दै लेखिएको छ, 'हामी यो रोग राति देखिने पुतलीसम्वद्घ रहेको कुरा दृढरूपमा महसुस गर्छौं ।'

समुद्री आँधीले अमेरिकामा ब्यापक बिनास, १६ जनाको मृत्यु


क्यारेबियन क्षेत्रबाट अघि बढेको इतिहासको बिनासकारी हुने अनुमान गरिएको समुद्री आँधी स्याण्डीले अमेरिकी राज्यहरुमा ब्यापक क्षति पुर्‍याएको छ । स्थानीय समयअनुसार सोमबार राती १० बजे न्यू जर्सी राज्यको समुद्री तटमा प्रवेश गरेको छ । भारी बर्षासँगै प्रति घण्टा एक सय ३० किलोमिटरको गतिमा अघि बढेको आँधीका कारण सो क्षेत्रमा बिजुली कटौती भएको तिब्र हुरीबतास चलिरहेको बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार बिहानसम्ममा न्यूयोर्कसहित पूर्वी तटीय क्षेत्रमा भारी बर्षा भएको, सबवे र कार टनेलहरुमा पानी जमेको जनाइएको छ । अहिलेसम्म स्याण्डीका कारण १६ जनाको ज्यान गएको बताइएको छ भने बिस्तृत क्षतिको बिबरण आइसकेको छैन् ।
स्याण्डीको त्रासका कारण पुरै अमेरिकामा सन्नाटा छाएको छ । एक सातापछि हुने राष्ट्रपतीय निर्वाचन प्रभावित भएको छ भने न्यूयोर्कसहित १२ वटा राज्यमा संकटकालीन आदेश जारी गरिएको छ । रेल, बिमान सेवा, बिद्यालय, किनमेल केन्द्र सवै बन्द गरिएका छन भने मानिसहरु आँधीबाट जोगिने तयारी अबस्थामा छन् । राष्ट्रपति बराक ओबामाले स्याण्डीलाई गम्भीरपतापूर्व लिई सुरक्षित रहन आफ्ना नागरिकलाई आह्वान गर्नुभएको छ । केन्द्रीय आपतकालिन उद्दार ब्युरोलाई सक्रिय पारिएको सरकारले जनाएको छ ।

Samsung Galaxy Camera

As most of you have guessed the product right, it is the new Samsung Galaxy Camera.
Like & Comment if you want this product.

आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा ब्लड टेस्टले थाहा हुने


यदि तपाइँ आफु कति बर्ष बाच्दछु भन्ने थाहा पाउन चाहनुहुन्छ, वा तपाइँको उमेर बढ्ने गति के होला अर्थात तपाइँ कहिले बुढो हुनुहुनेछ भन्ने कुरा थाहा पाउन चाहनु हुन्छ भने अब छिट्टै यो कुरा सम्भव हुने भएको छ । एक सामान्य प्रकारको ब्लड टेस्टले तपाइँका यी सबै प्रश्नका जवाफहरू दिनेछ ।यस ब्लड टेस्टमा टेलोमिअर्सको खोजीको आधारमा मानिसको वायोलोजिकल उमेर के हुनेछ भन्ने कुरा पत्ता लाग्नेछ । यो टेस्ट छिमेकी मुलुक भारतमा यसै बर्षदेखि शुरू हुन लागेको बताइएको छ । टेलोमिअर्स त्यो प्रोटेक्टिभ क्याप्स हुन जुन क्रोमोजोम्सको अन्तमा पाइने गरिन्छ ।वैज्ञानिकहरूका अनुसार यिनीहरूको लम्बाइको आधारमा कुनैपनि व्यक्तिको जैविक उमेर पत्ता लगाउन सकिन्छ ।
वैज्ञानिकहरूले यस क्रममा कुनैपनि व्यक्तिको साना टेलोमिअर्सको जाँचबाट त्यस व्यक्तिको बढ्नो उमेरका साथै शरिरमा आउने परिवर्तनहरूका साथै शारिरीक रोगहरूको बारेमा समेत पत्ता लगाउन सकिने बताएका छन् । यस खोजका लागी सन २००९ मा नोबेल पुरस्कार समेत दिइसकिएको छ । यस ब्लड टेस्टले गर्दा मानिसहरू आफ्नो स्वास्थ्य प्रति सजग हुने बताइएको छ । किनभने मानिसहरूले आफ्नो कोशिका (सेल्स) हरू कति स्वस्थ्य छन् र आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा थाहा पाउनेछन् । यस ब्लड टेस्टले ती टेलोमिअर्सको लम्बाइ थाहा पाउन सकिनेछ जुन लम्बाइका आधारमा मानिसको उमेर थाहा पाउन सकिन्छ ।   एजेन्सी

केरा एड्सको औषधी !!!

केरा एक स्वादिष्ट फल हो, जुन नेपालका धेरैजसो भू-भागमा उत्पादन हुन्छ । केराको एउटै विशेषता भनेको यसमा अन्य सबै फलमा भन्दा ज्यादा प्रोटिन पाइन्छ । प्रोटिनका हिसावले हेर्दा अण्डा भन्दा केरा उपयुक्त भएको बताइन्छ । २ अण्डामा हुने प्रोटिन एउटै केरामा हुने चिकित्सकहरुको भनाई छ ।
तर, अब भने केरा एचआईभी तथा एड्सी रोगीका लागि समेत फलदायी हुने तथ्य बाहिर आएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य बाहिर आएको हो ।
हालै संयुक्तराज्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले केरामा पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा समेत प्रकाशित भएको जनाइएको छ ।
वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु असमर्थ रहेका छन्, तथापी वैज्ञानिकहरुको अनुसन्धान भने जारी छ ।

Bhaktapur ends Bada Dashain with white horse festival

BHAKTAPUR: The ‘white horse’ festival that is celebrated on the night of Bijaya Dashami, the last day of the ten-day long Bada Dashain festival every year was observed here this year also and it concluded in the wee hours this morning.

The white horse is considered to be the conveyance of goddess Taleju Bhawani. The white horse festival kicks off with the completion of religious sacraments by the four head priests of the Taleju Temple according to the Tantrik rituals.

A sheep was offered as sacrifice before the white horse was taken in a procession around the ancient town.

The white horse procession begins from the Taleju Bhawani Temple courtyard and concludes at the same spot after completing the procession march around the town. The horse is made to run three times in front of the local Pashupatinath Temple. A horse dance is also performed on the occasion.

According to culture experts, the white horse festival has special significance as it is a unique procession that is held in Bhaktapur on the occasion of Bada Dashain festival.

ख:म्ये जात्रा ...

विजयादशमीको अवसरमा महानवमीको राती मनाइने भक्तपुरको प्रसिद्ध एवम् महत्वपूर्ण ख:म्ये अर्थात राङ्गो जात्रा आज सम्पन्न भएको छ । धार्मिक एवम् साँस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात राङ्गोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्नमा बाधेर राख्ने र सोही राङ्गोलाई नवमीको राती बध गरी मनाइने परम्परा रहिआएको छ । 
 
महानवमीको राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेय्को बधजात्रा मनाउने प्रचलन रहेको स्थानियबासीको भनाई लरहेको छ ।  नवदुर्गा मन्दिरमा ल्याएर बाँधिएको  खःमेय् अर्थात राङ्गोलाई नवमीका दिन राति तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीर भरी अबिर दलेर स्थानीय भक्तजनले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै च्याम्हसिंहस्थित ब्रम्हायणी मन्दिरमा पुर्याई देवीलाई चढाएरु जात्रा मनाएका छन् । 
 
परम्पराअनुसार नै नवमीको राती स्थानियले नवदुर्गा देवगृहबाट निकालिएको खःमेय्लाई जाँडरक्सी खुवाएर मत्ताई तान्दै र लेखेट्दै ब्रम्हायणी मन्दिर पु¥याइएको थियो । खःमेय् लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर खःमेय्सँगसँगै डौड्ने गरिएको थियो ।  तान्त्रिक विधिअनुसार ब्रम्हायणीमा खःमेय् अर्थात महिषासुर दैत्यको प्रतीक राङ्गोको बध गरिएको छ । बध गरिएको खःमेय् राङ्गोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भिड लागेको थियो । सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ ।  लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने  जनविश्वास रहेकोछ ।