नायिका तथा गायिका माइली साइरसले अस्टे्रलियाई अभिनेता लिएम हेम्सवर्थसँग
विवाह गर्ने पक्का भएको छ। लिएमसँग हालैमात्र इन्गेज्मेन्ट गरेकी माइली
अहिले निकै खुसी छिन्। उनले भविष्यमा पनि लिएमसँग खुसीयालीपूर्ण जीवन
बिताउन आफू तत्पर रहेको बताएकी छिन्। माइली तथा लिएम तीन वर्षअघि
एक-अर्काको नजिक आएका हुन्। दुवैको पहिलो भेट 'द लास्ट सङ' को
छायांकनस्थलमा भएको थियो। लिएमले १९ वषर्ीया माइलीसमक्ष गत मे ३१ का दिन
प्रेमको प्रस्ताव राखेका थिए। प्रस्ताव राखेको भोलिपल्टै उनीहरूले
इन्गेज्मेन्ट गरेका हुन्। उक्त अवसरमा लिएमले माइलीलाई ३ दशमलव ५
क्यारेटको हीराको औंठी लगाइदिएका थिए।
Lokeshwor Temple (Hiranyavarna Mahavihar)
2 weeks ago








0 comments:
Post a Comment