Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

कुकुरलाई संगिनी ?


डा. शरद सिंह यादव
      हामीमध्ये धेरैलाई यो कुरा सुनेर अचम्म लाग्न सक्छ तर कतिपयलाई के जानकारी छ भने घरपालुवा कुकुर-बिरालाका लागि पनि मानिसलाई प्रयोग हुने परिवार नियोजनका अस्थायी साधन प्रयोग भैरहेका छन्। कतिपय मानिस एवं संस्थाले बिनाजानकारी अस्थायी साधन प्रयोग गरिरहेका छन्।

के तपाईंको घरमा पोथी कुकुर वा बिरालालाई बच्चा नपाउने सुई भनेर संगिनी सुई लगाइन्छ ? यदि लगाइन्छ भने तुरुन्त बन्द गर्नुहोस्, किनभने घरपालुवा जनावरलाई तपाईंले जानी नजानी मृत्युको नजिक धकेल्दै हुनुहुन्छ। पशुसम्बन्धी काम गर्ने कतिपय संस्था तथा व्यक्तिले ढाँटेर यस्तो काम गरेको पाइएको छ।

घरपालुवा जनावरको स्वास्थ्यको पूर्ण जानकारी नभएका मानिसहरूले घरघरमा गई यो काम गर्ने गरेका छन् जसबाट घरपालुवा जनावरलाई पाठेघरसम्बन्धी रोग लाग्छ र उसको अकालमै मृत्यु हुन्छ।

के हो संगिनी ?
संगिनी परिवार नियोजनको अस्थायी साधन हो जुन महिलाका लागि बनाइएको छ। हाम्रो देशमा यसको प्रयोग व्यापक छ।

किन लगाइन्छ कुकुरलाई संगिनी सुई ?
घरपालुवा जनावर पाल्ने मानिसलाई यसको जानकारी हुँदैन। आफ्ना कुकुर-बिरालाले बच्चा नजन्माऊन् भनेर यो सुई लगाइन्छ तर यो सुई २ देखि ३ पटक लगाए ९० प्रतिशत कुकुरमा पाठेघरसम्बन्धी समस्या -पायोमेट्रा) तथा ट्युमर देखिन्छ र समयमा उपचार गराइएन भने कुकुरको अकालमै मृत्यु हुन्छ। बिनाज्ञान कतिपय मानिस यस्तो उपचारमा संलग्न छन्।

किन उपयोगी हुँदैन घरपालुवालाई ?
यो संगिनी सुई -डिपोप्रोभेरा) महिलाका निम्ति पर्याप्त शोध गरेर बनाइएको हो। महिलाको शारीरिक तथा प्रजनन क्षमता, बनावट, संरचना घरपालुवा जनावरसँग मेल खाँदैन। महिलाको शरीरको तौल र घरपालुवा जनावरको शरीरको तौल फरक हुन्छ। महिलामा प्रत्येक महिना महिनावारी हुन्छ भने कुकुर-बिरालामा प्रत्येक ६-६ महिनामा मात्र हुन्छ। मानिस र जनावरको शारीरिक तथा प्रजनन क्षमता बिल्कुलै फरक हुन्छ तर सुई लगाउँदा यी कुरामा ध्यान दिइँदैन र समस्या देखा पर्छ।

के गर्ने ?
घरपालुवा जनावरमा अस्थायी परिवार नियोजनका साधनहरू प्रचलनमा आइनसकेको अवस्थामा पोथी घरपालुवाबाट बच्चा जन्माउनु छैन भने ६-७ महिनाको उमेरपछि स्थायी बन्ध्याकरण गराउनु सबैभन्दा उपयुक्त हुन्छ। यसबाट कुकुर-बिरालामा पछि गएर प्रजनन प्रणालीसम्बन्धी रोगहरू लाग्ने समस्या एकदमै कम हुन्छ। आफ्नो नजिकको पशु चिकित्सकको सल्लाह लिएर उचित समयमा उचित उपचार तथा सल्लाह लिएर आफ्ना घरपालुवालाई अकाल मृत्युबाट बचाउन सकिन्छ।

0 comments: