आज बडादशैंको आठौं दिन, नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर
 महाष्टमी पर्व मनाईंदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर 
अथवा मण्डपममा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन 
बिशेष भक्तिपूर्वक पुजाआजा गरिन्छ । मध्यरातमा बलि सहित कालरात्रिको पूजा 
गर्ने चलन छ ।
काभ्रेको
 पलान्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाका गोरखकाली तथा मनकामना, 
सप्तरीको छिन्नमस्ता, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, धरानको 
दन्तकाली, नेपालगंजको बागेश्वरी र भोजपुरको सिद्धकाली लगायतका 
शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड लाग्छ ।


 






 
0 comments:
Post a Comment