बडादशैँको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा 
भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ । घटस्थापनाका दिन आ-आफ्नो 
घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने 
गरिन्छ । महानवमीका अवसरमा आज दशैँघर र कोत लगायत बिभिन्न देवीका मन्दिर र 
शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र
 दुर्गा सप्तशती पाठ गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला 
लगायतको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन् ।
हनुमानढोकास्थित
 ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि बर्षमा एक पटक 
महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दशैँ घर लगायत कतिपय समुदायले 
हिजो महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ 
आ-आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन् । आजै 
सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ ।
onlinekhabar


 






 
0 comments:
Post a Comment