Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

आइफोनसँग डरायो सामसुङ, घटायो स्मार्टफोनको भाउ

एप्पलले हालै सार्वजनिक गरेको आइफोन ५ ले बजारमा तहल्का पिटेसँगै प्रतिस्पर्धी कम्पनी सामसुङले आफ्ना स्मार्टफोनको मुल्य घटाएको छ । आइफोन ५ ले बिक्रिको सबै रेकर्ड तोड्ने लक्षण देखिएसँगै स्मार्टफोन बजारमा टिक्नका लागि सामसुङले आफ्ना प्रडक्टको मुल्य घटाएको विश्लेषण गरिएको छ । आइफोन ५ लञ्च हुनु केही दिनअघि मात्र अमेरिका र बेलायतमा सर्भिस कन्ट्राक्टका स्मार्टफोनको मुल्य घटाएको सामसुङले अहिले भारतीय बजारमा लागु हुनेगरी आफ्ना ग्यालेक्सी स्मार्टफोन तथा ग्यालेक्सी नोटको मुल्य २ देखि ३ हजार भन्दा बढिसम्म घटाएको छ । सामसुङले आफ्नो पछिल्लो बहुचर्चित तथा लोकपि्रय प्रडक्ट ग्यालेक्सी एस थ्री को मुल्य ३५ सय भारु घटाएर ३५ हजार ४ सय ९९ भारु कायम गरेको छ । यस्तै ग्यालेक्सी नोटको मुल्यमा ३ हजार घटाउँदै २९ हजार ९ सय ९० भारु कायम गरिएको छ । यस्तै ग्यालेक्सी एस टू मा पनि २ हजार भारु मुल्य घटाइएको छ । यो सँगै सामसुङले आफ्नो आगामी प्रडक्ट ग्यालेक्सी नोट टू को पि्र अर्डर लिन समेत सुरु गरेको छ । सामसुङले आइफोनतर्फ बढिरहेको उपभोक्ताको ध्यान मोड्नका लागि आफ्ना प्रडक्टको मुल्य घटाएको भएपनि त्यसले एप्पलका फ्यानलाई सामसुङका स्टोरसम्म कत्तिको तान्नसक्छ ? त्यो हेर्न भने बाँकी नै छ । onlinekhabar

0 comments: