अमेरिकी कम्पनी एप्पलले आफ्नो लोकपि्रय उत्पादन आइप्याडको सानो आकारको संस्करण मिनी आइप्याड आउँदो अक्टोबरमा बजारमा ल्याउने भएको छ । अर्को महिना आइफोनको नयाँ संस्करण आइफोन ५ सार्वजनिक गर्न लागेको एप्पलले त्यसको दुइ महिनापछि आइप्याडको पनि नयाँ भर्सन ल्याउने तयारी गरिरहेको बुझिएको छ ।
एप्ललको मिनी आइप्याडमा ८ इन्चको
स्क्रिन हुनेछ । अहिलेको आइप्याडको स्क्रिन १० इन्चको छ । अहिलेको
आइप्याडको आकार केही ठूलो भएको गुनासो बढिरहनु तथा अमेजनको किन्डल फाएर,
गुगल नेक्सन सेभेन तथा सामसुङको ट्याब जस्ता छरिता ट्याब्लेटहरु बजारमा
आउनुले एप्पलमाथि आइप्याडको आकार घटाएर चिटिक्कको बनाउन दबाब परेको हो ।
0 comments:
Post a Comment