वैज्ञानिकहरुले एउटा यस्तो प्रविधिको आविष्कार गरेका छन् जसबाट कम्प्युटर
प्रणालीमा हुने उर्जा खपतलाई खटाएर उर्जा बचत सम्भव पार्नेछ ।
भारतीय मूलका अमेरिकी वैज्ञानिक डाक्टर विरेन्द्र राज दत्तको नेतृत्वमा
रहेको अनुसन्धान टोलीले थोरै उर्जामै कम्प्युटर चलाउने तथा कम्प्युटर
प्रणालीबाट हुने बढि उर्जा खपत घटाउने प्रविधिको विकाश गरिएको दाबी गरेको छ
। यो प्रविधिले सूचनाप्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन
ल्याउनसक्ने दाबी शोधकर्ताहरुको छ ।
के हो यो प्रविधि ?
यो प्रविधिमा कम्प्युटरमा प्रकाशका लागि जर्मेनियम नामको तत्व लेजरका रुपमा
प्रयोग गरिन्छ । यसले निकै कम बिजुलीबाटै कम्प्युटर चिप्सले धेरै काम गर्न
सक्छन् । जर्मेनियमको प्रयोगले कम्प्युटर प्रणालीमा प्रयोग गरिँदै आएको
नयाँ पुस्ताको सिलिकन सेमीकण्डक्टर चिप्सका इलेक्ट्रोनिक्स उपकरणमाथिको
निर्भरतालाई पनि कम गर्नेछ ।
शोधकर्ताहरुका अनुसार फोटोन कणका कारण जर्मेनियम युक्त चिप्स बढि सक्रिय
हुन्छ । शोधकर्ताहरुले कम्प्युटर चिप्समा जर्मेनियमको प्रयोगले सूचना
प्रविधिको क्षेत्रमा नयाँ युगको थालनी हुने र भन्दै यस्तो फोटोनिक युग यस
क्षेत्रका लागि क्रान्तिकारी छलाङ सावित हुने दाबी गरेका छन् ।
onlinekhabar
Token of Love
1 month ago
0 comments:
Post a Comment