काठमाडौं उपत्यकालगायत मुलुकका केही क्षेत्रमा कडा ज्वरो र रुघाखोकी लागेर 
अस्पताल गएका बिरामीमा स्वाइन फ्लु भेटिएको छ । लामो समय ज्वरो आउने, घाँटी
 दुख्ने, टाउको र जीउ पूरै दुख्नेजस्ता लक्षण लिएर शुक्रराज ट्रपिकल तथा 
सरुवा रोग अस्पताल गएकामध्ये केहीमा स्वाइन फ्लु -एचवानएनवान पीडीएम-९) 
प्रमाणित भएको हो । स्वाइन फ्लु लक्षण देखिए पनि बेलैमा उपचार सुरु भए 
डराउनु नपर्ने चिकित्सकले बताएका छन् । स्वाइन फ्लु श्वासप्रश्वाससम्बन्धी 
रोग हो, जसले सुँगुरहरूका साथै मानिसलाई समेत संक्रमित गर्छ, खासगरी ती 
व्यक्तिहरू जो सुँगुरको सम्पर्कमा रहन्छन् । हाछ्युँ र खोकीबाट व्यक्ति 
व्यक्तिमा संक्रमण फैलिन्छ ।  जब फ्लु मानिसमा फैलिन्छ भाइरसहरूले उपचारमा 
कठिनाइ हुने गरी आफ्नो स्वरूप बदल्न सक्छन् । नयाँ प्रकारका भाइरस बन्छन् 
जब बेग्लाबेग्लै भाइरसका जिनहरू मिसिन सुरु हुन्छ लक्षण देखिन लाग्ने समय
५ देखि १० दिन लाग्छ  ।  स्वाइन फ्लुको शंका लागे चिकित्सकलाई देखाएरै 
उपचार गर्नुपर्छ, पोषिलो झोल कुरा खाएर आराम गर्दा छिटो निको हुन सक्छ ।
Wooden Carved Swet Bhairav Statue
2 months ago


 






 
0 comments:
Post a Comment