बाँच्नका लागि पानी अत्यावश्यक छ । हाम्रो सरीरको अधिकांस हिस्सा नै 
पानीले ओगटेको हुन्छ । चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक
 वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६-७ लिटर शुद्ध पानी पिउनु 
पर्ने सल्लाह दिन्छन् ।
कोही मानिसले चिसो पानी पिउँछन् भलै तताएर सेलाएको किन नहोस् । कोही 
मान्छेले तातो पानी पिउँछन् भने कसैले मनतातो पानी मन पराउँछन् । तर 
विज्ञहरुले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि 
फाइदाजनक हुने बताउँछन् । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् :
सरीरको शुद्धिकरण : तातो पानीले सरीरको शुद्धिकरण गर्छ । उमालेको पानी 
आफैमा शुद्ध त हुन्छ नै यसले सरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि
 तपाइँको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुइ पटक तातो पानी पिउनुहोस् । 
बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा सरीरमा जम्मा भएका विषाक्त तत्वहरु 
मुत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो 
पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढि लाभदायी हुने बताइएको छ ।
कब्जियतबाट छुटकारा : सरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या 
उत्पन्न हुन्छ । यदि तपाइँले दिनहुँ बिहान कम्तिमा १ गिलास तातो पानी 
पिउनुभयो भने कब्जियतको समस्या दूर हुनेछ ।
मोटोपना नियन्त्रण : बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा 
कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाइँको मोटोपना नियन्त्रणमा 
अवश्यपनि सघाउ पूराउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।
चिसोबाट सुरक्षा : यदि घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा 
फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।
पसिनाको निष्कासन : जब तपाइँ कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ 
सरीरबाट पसिना निस्कन थाल्छ । सरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना 
निस्केपछि तापक्रम घट्छ र शितल हुन्छ । पसिनाले सरीरमा बढि भएको नुन बाहिर 
निकाल्छ र रगतको शुद्धिकरणमा सहयोग पूराउँछ ।
दुखाइ कम गर्न : प्रायः महिलाहरुमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । 
महिनावारीको समयमा पेट दुख्दा तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा 
दुखाइ कम हुन्छ । यसले केवल महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको 
दुखाइ पनि कम गर्छ ।



 






 
1 comments:
good reads for mankind
Post a Comment