तपाइँ राति सुत्दा कसरी सुत्नुहुन्छ ? उत्तानो, कोल्टे वा घोप्टो कस्तो
आसनमा ? अनि तपाइँले देख्ने सपनामध्ये कति सपना नराम्रा वा डरलाग्दा
हुन्छन् ? सायद तपाइँहामी मध्ये धेरैलाई सुत्ने तरिकाले हाम्रो सपनामा असर
पार्छ भन्ने कुरा थाहा छैन होला । तर पछिल्लो अध्ययनले के देखाएको छ भने
घोप्टो परेर अर्थात् पेट थिँचेर सुत्ने मानिसले अरु पोजिसनमा सुत्ने
मानिसले भन्दा बढि मात्रामा खराब तथा डरलाग्दा सपना देख्नेगर्छ ।
अध्ययनको क्रममा घोप्टो परेर सुत्ने मानिसहरुले सेक्स, बहिस्कार, कुटपिट
जस्ता सपनाहरु बढि देख्ने गरेको पाइयो । त्यसका साथै घोप्टो परेर
सुत्नेहरुले कसैले आफुलाई बाँधेको, थुनेको र आफु हिड्न नसकेर ऐठन परेका
घटना पनि सपनामा धेरै भोग्ने गरेका छन् । साथै सपनामा भुत प्रेत तथा अरु
डरलाग्दा वस्तु समेत देखिने दर बढि हुन्छ ।
हंगकंगको शु यान विश्वविद्यालयका प्राध्यापक काल्भिन केइ चिंग यु ले गरेको
अध्ययन अनुसार घोप्टो परेर सुत्दा पेट तथा छाती थिँचिने हुनाले मानिसले
पर्याप्त अक्सिजन लिन नपाउने र त्यसो गर्दा मस्तिष्कमा असर पुग्न जाने र
मान्छेको अवचेतन मनले सेक्स तथा अरु तनावका विषय कल्पना गर्ने हुँदा
मान्छेले यस्ता विषय सपनामा देख्ने गर्छ ।
मान्छेले सपना देख्नु भनेको प्राकृतिक कुरा भएपनि सुताइको पोजिसनले सपनाको
प्रकारमा फरक पार्ने यु को मत छ ।
स्मरण रहोस् घोप्टो परेर सुत्नु स्वास्थ्यका लागि हानिकारक हुने
चिकित्सकहरुले समेत बताउने गरेका छन् ।
onlinekhabar
1 comments:
thanks bro
Post a Comment