दसैं मनाउन घर जाने यात्रुहरुका लागि
बुधबारदेखि अग्रिम टिकट बुकिङ सुरु हुने भएको छ । विगतका बर्षहरुमा जस्तै
दसैंतिहारको अवसरमा घर जाने यात्रुहरुको चाप बढी हुने भएकाले उक्त समस्या
समाधान गर्न यसपाली पनि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएका यातायात
व्यवसायीहरुले जनाएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय
महासंघले राजधानीको नयाँ बसपार्क, सुन्धारा, कलङ्की लगायतका स्थानमा अगि्रम
टिकट लिनका लागि नयाँ कक्षहरू स्थापना गर्ने तयारी गरेको महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।
राजधानी बाहिर जाने यात्रुहरूको चापलाई हेरेर नियमितभन्दा ५० प्रतिशतभन्दा बढी सवारी साधन सञ्चालनमा ल्याउने पनि उहाँले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment