Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

घोप्टो परेर सुत्नुहुन्छ ? सावधान !

तपाइँ राति सुत्दा कसरी सुत्नुहुन्छ ? उत्तानो, कोल्टे वा घोप्टो कस्तो आसनमा ? अनि तपाइँले देख्ने सपनामध्ये कति सपना नराम्रा वा डरलाग्दा हुन्छन् ? सायद तपाइँहामी मध्ये धेरैलाई सुत्ने तरिकाले हाम्रो सपनामा असर पार्छ भन्ने कुरा थाहा छैन होला । तर पछिल्लो अध्ययनले के देखाएको छ भने घोप्टो परेर अर्थात् पेट थिँचेर सुत्ने मानिसले अरु पोजिसनमा सुत्ने मानिसले भन्दा बढि मात्रामा खराब तथा डरलाग्दा सपना देख्नेगर्छ । अध्ययनको क्रममा घोप्टो परेर सुत्ने मानिसहरुले सेक्स, बहिस्कार, कुटपिट जस्ता सपनाहरु बढि देख्ने गरेको पाइयो । त्यसका साथै घोप्टो परेर सुत्नेहरुले कसैले आफुलाई बाँधेको, थुनेको र आफु हिड्न नसकेर ऐठन परेका घटना पनि सपनामा धेरै भोग्ने गरेका छन् । साथै सपनामा भुत प्रेत तथा अरु डरलाग्दा वस्तु समेत देखिने दर बढि हुन्छ । हंगकंगको शु यान विश्वविद्यालयका प्राध्यापक काल्भिन केइ चिंग यु ले गरेको अध्ययन अनुसार घोप्टो परेर सुत्दा पेट तथा छाती थिँचिने हुनाले मानिसले पर्याप्त अक्सिजन लिन नपाउने र त्यसो गर्दा मस्तिष्कमा असर पुग्न जाने र मान्छेको अवचेतन मनले सेक्स तथा अरु तनावका विषय कल्पना गर्ने हुँदा मान्छेले यस्ता विषय सपनामा देख्ने गर्छ । मान्छेले सपना देख्नु भनेको प्राकृतिक कुरा भएपनि सुताइको पोजिसनले सपनाको प्रकारमा फरक पार्ने यु को मत छ । स्मरण रहोस् घोप्टो परेर सुत्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुले समेत बताउने गरेका छन् । onlinekhabar

1 comments:

sanik said...

thanks bro