संविधानसभाको म्याद सकिनुअघि अनेकन आन्दोलन र प्रदर्शन भएका समाचार सुनिए,
 पढिए। भाग र पहिचान खोज्ने नाममा कतिपय ठट्टेउली शैलीका प्रदर्शन पनि 
देखिए। हुँदाहुँदा विराटनगरमा सडक-पेटीमा रहेका मगन्तेहरूले पनि मागसहित 
विरोध प्रदर्शन गरे। हातमा प्लेकार्ड बोकेका मगन्तेहरूको एक समूहले बजार 
परत्रिmमा गर्दै नाराबाजी गर्यो। रमाइलो त के भने, उनीहरूको प्रमुख माग 
'पाँच रुपियाँभन्दा कम दिन नपाइने' भन्ने थियो। उनीहरूले अरू माग पनि अघि 
सारेका छन्। जस्तो : सामाजिक सद्भाव कायम गरनिुपर्ने, आफूहरूलाई कसैले 
दुव्र्यवहार गर्न नहुने। र, यस्तै यस्तै। 
           यसअघि अल्पसंख्यक राउटेहरूले छुट्टै राज्य मागेको समाचार प्रकाशित भएपछि 
हौसिएका विराटनगरका मगन्तेहरूले सरकारसँग धन्न छुट्टै राज्य र पहिचान 
सूचीकृत गर्न माग गरेनन्। सबै आन्दोलनकारीसँग केही न केही सहमति गर्ने बानी
 परेको सरकारले उनीहरूका यस्ता माग पनि सम्बोधन गथ्र्याे कि गर्दैनथ्यो 
होला


 






 
0 comments:
Post a Comment