गर्मी महिनामा महिलालाई शीतलता प्रदान गर्न तथा स्तनलाई सुखद अनुभूति दिन 
जापानको एक कपडा कम्पनीले पानी र पंखा ब्रामै जडान  गरेको छ। गर्मीबाट 
छुट्कारा पाउन महिलाहरूले यस्तो ब्रा लगाउन सक्ने ब्राको उत्पादक कम्पनी 
ट्रम्प इन्टरनेसनलले जनाएको छ। ब्राभित्रको  विशेष प्रकारको थैलीमा पानी 
राखिएको र महिलाले गर्मी महसुस गरे ब्रामा भएको एउटा तुना तानेर थैलीको 
पानीले वक्षस्थल भिजाउन  सकिने कम्पनीको दाबी छ। यदि पानीले पनि शीतलता 
नमिले ब्रामा राखिएको पंखा चलाउन सक्ने व्यवस्था ब्रामा उपलब्ध छ। कम्पनीले
 यस्तै  शीतलता प्रदान गर्ने महिलाको अन्तरवस्त्र पनि बनाएको छ। कम्पनीले 
उत्पादन गरेको उक्त जालीयुक्त शीतल मिनिस्कर्टले शीतलता प्रदान  गर्नुका 
साथै लामखुट्टेको टोकाइबाट समेत बचाउने कम्पनीको दाबी छ। ब्रा र मिनिस्कर्ट
 डिजाइन कम्पनीले जापानमा उत्पन्न ऊर्जासंकटका  कारण बिजुली अपुग भएको 
भन्दै महिलाले घरमा पंखा चलाउनु नपरोस् र बिजुली बचत होस् भनेर यस्तो 
आविष्कार गरेको दाबी गरेको छ,  तर उक्त ब्रा लगाउनुभन्दा दुई घण्टा पहिले 
फ्रिजमा राख्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।
From : SAPTAHIK


 






 
0 comments:
Post a Comment