Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुविधा दिन आदेश

सर्वोच्च अदालतले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य संस्थाबाट उपचार गराउँदा लाग्ने शुल्कमा पचास प्रतिशत छुट दिने कानुनको पालना गराउन सरकारमा नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र कमलनारायण दासको संयुक्त इजलासले बुधबार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा स्वास्थ्य संस्थाहरूबाट उपचार गराउँदा लागेको खर्चमध्ये पचास प्रतिशत छुट दिने प्रावधान कार्यान्वयन गर्न सरकारमा नाममा परमादेश जारी गरेको हो । इजलासले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशात्मक आदेश पनि जारी गरेको छ । उक्त ऐनमा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले सरकारले तोकेको संख्याका ज्येष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा पचास प्रतिशत छुट दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । उक्त कानुनी व्यवस्था कार्यान्वयन गराउन माग गर्दै गत वर्ष जेठमा अधिवक्ता राजाराम श्रेष्ठले रिट दायर गरेका थिए ।

From : Kantipur Publication

0 comments: