Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

उध्रेको चोलीको रिमिक्स भर्जन

जोड्नलाई होइन, तोड्न चाहिँ पाइन्छ
देशलाई टुक्राउन, जति नि पाइन्छ
उध्रेको कोट छ है, तै पनि लाइन्छ 
नेपालको लोकतन्त्र, अरू कहाँ पाइन्छ 

झरेको झर्‍यै छ, मुख छोप्ने कपडा
फेर्न त मन थियो, तर हुन्छ लफडा
देशले भन्दा पनि, जात र क्षेत्रले चिनिइन्छ
'सप्रेको' यस्तो चाला, अरू कहाँ देखिन्छ ?

जुलुसले पुग्दैन्, 'बन्द' नै चाहिन्छ
जनताको नाम लिई, जनतालाई नै सताइन्छ
घरको थाल ठटाएर, दुनियाँ हँसाइन्छ
भाइ-भाइ फुटेर, गवारलाई लुटाइन्छ।

देशका दुष्मनको, कर्के छ नजर
उनीहरूका एक होइन, दाउ छन् हजार
देश नरहे के हुन्छ र, परदेशमा भासिइन्छ
बाँसै नभए पनि, बाँसुरी बजाइन्छ।

उध्रेको कोट छ है, तै पनि लाइन्छ .....

(फिल्म फुट)

0 comments: